नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालमा अध्ययनरत रेजिडेन्ट चिकित्सकहरूका लागि २४ घण्टे ड्युटीपछि अनिवार्य बिदा दिने नयाँ व्यवस्था लागू गरिएको छ।
न्याम्सका सहायक डीन प्रा. डा. विकास विक्रम सिंह अधिकारीले जारी गरेको निर्देशनअनुसार अब २४ घण्टे ड्युटी पूरा गरेका रेजिडेन्ट चिकित्सकहरूले बिहानको राउन्ड समाप्त भएपछि तुरुन्तै बिदा पाउनेछन्।
यो व्यवस्था सबै सम्बन्धित विभाग तथा प्रशिक्षण कार्यक्रमहरूलाई कार्यान्वयनका लागि औपचारिक रूपमा जानकारी गराइएको छ।
एमडी, एमएस, एमडीएस तथा डीएम र एमसीएच कार्यक्रमसँग सम्बन्धित संयोजकहरूलाई पठाइएको परिपत्रमा चिकित्सकहरूको कार्यसमय व्यवस्थापन तथा उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै यो निर्णय गरिएको उल्लेख छ।
लामो समयदेखि रेजिडेन्ट चिकित्सकहरूले अत्यधिक कार्यभार र लगातार लामो ड्युटीका कारण थकान र असहजता भोग्दै आएको गुनासो गर्दै आएका थिए। नयाँ व्यवस्थाबाट उनीहरूको कामको वातावरण सुधार हुने तथा बिरामी सेवाको गुणस्तर पनि अझ राम्रो हुने अपेक्षा गरिएको छ। न्याम्स प्रशासनले यो निर्णय तत्काल लागू गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको जनाएको छ।

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
