नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले आफ्ना विभिन्न चार निर्देशनालय तथा बोर्डमा निर्देशक पदपूर्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको छ।
निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले शुक्रबार सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो। आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ तथा उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३ बमोजिम पदपूर्तिको प्रक्रिया अघि बढाएको जनाएको छ।
सूचनाअनुसार मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका लागि निर्देशक नियुक्त गरिनेछ।
निर्देशक पदका लागि उम्मेदवारसँग कम्तीमा १५ वर्षको कार्यअनुभव भएको प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव सरह) को पदमा कार्य गरेको अनुभव हुनुपर्नेछ। साथै, सम्बन्धित निर्देशनालय वा बोर्डको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा दक्षता, उत्कृष्ट व्यवस्थापकीय क्षमता, स्वच्छ छवि तथा व्यावसायिकता भएको र नेपाली नागरिक भएको हुनुपर्ने आयोगले जनाएको छ।
आवेदकहरूले व्यक्तिगत विवरण, शैक्षिक योग्यताका प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा अनुभव खुल्ने प्रमाणित कागजात पेश गर्नुपर्नेछ। त्यससँगै आफूले आवेदन दिएको निर्देशनालय वा बोर्डको विकासका लागि तयार पारेको बढीमा २ हजार शब्दको सोचपत्र शिलबन्दी खाममा राखेर बुझाउनुपर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।
आयोगले तोकिएको मापदण्ड पूरा गरेका इच्छुक उम्मेदवारलाई निर्धारित समयभित्र आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
