नेभिगेशन

भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

नेपाल हेल्थ न्युज, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा प्राविधिक समस्याका कारण केही समयदेखि प्रभावित रेडियोथेरापी सेवा पुनः सुचारु भएको छ।

अस्पतालले सोमबार जारी गरेको सूचनाअनुसार रेडियोथेरापीका लागि प्रयोग हुने लिन्याक (लिनियर एक्सेलेरेटर) मेसिनमा आएको प्राविधिक समस्या समाधान भएपछि साउन २५ गतेदेखि मेसिन पुनः सञ्चालनमा आएको हो।

मेसिन सञ्चालनमा आएसँगै रेडियोथेरापी उपचार सेवा पनि नियमित रूपमा सुचारु भएको अस्पताल प्रशासनले जनाएको छ।

यद्यपि, नयाँ बिरामीको उपचार भने सीटी सिमुलेटर  र पोर्टल इमेजिङ उपकरणको मर्मत सम्पन्न भएपछि मात्र सुचारु हुने अस्पतालले जानकारी दिएको छ।

अस्पताल प्रशासनका अनुसार ती उपकरणको मर्मतपछि नयाँ बिरामीका लागि आवश्यक उपचार प्रक्रिया अघि बढाइनेछ। अस्पतालले सम्बन्धित बिरामी तथा सेवाग्राहीलाई उपचार सेवासम्बन्धी आवश्यक जानकारी अस्पताल प्रशासनबाट लिन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट