नेपाल हेल्थ न्युज, काठमाडौं । रसुवामा आएको बाढीमा परी घाइते भएका १९ जनालाई उपचारका लागि वीर अस्पताल ल्याइएकोमा अधिकांश बिरामी उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन्।
वीर अस्पतालले सार्वजनिक गरेको स्वास्थ्य अवस्थासम्बन्धी विवरणअनुसार बाढीमा परी अस्पताल आएका बिरामीमध्ये केहीको उपचार जारी रहेको छ भने केहीलाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ।
अस्पतालका अनुसार ४० वर्षीया छिरिङ्ग छुमो घले, ३ वर्षीया डोना तामाङ, ३ वर्षीया पाल्दुङ तामाङ, २४ वर्षीय विभुषण सुबेदी, ३२ वर्षीय नारायणकृष्ण श्रेष्ठलगायत बिरामी उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन्।
३८ वर्षीय बिराटमान तामाङको आँखामा चोट लागेको र उनलाई नेपाल आँखा अस्पतालमा रेफर गरिएको अस्पतालले जनाएको छ। उनको थप उपचार भइरहेको छ।
त्यस्तै, ७५ वर्षीय गुना केशरी वोहोरालाई श्वासप्रश्वाससम्बन्धी दीर्घरोग रहेको र सम्बन्धित चिकित्सकको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ। ५३ वर्षीय तुल्सी बहादुर भण्डारीको कानमा चोट लागेको र उनको पनि चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।
अस्पतालले उपलब्ध गराएको विवरणमा अन्य बिरामीहरु पनि उपचारपछि डिस्चार्ज भइसकेको उल्लेख छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारका लागि अस्पतालले आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराएको जनाएको छ। वीर अस्पतालले बिरामीहरूको स्वास्थ्य अवस्थाबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै उपचार तथा निगरानीको अवस्था सार्वजनिक गरेको हो।
भोटेकोशी बाढी अपडेट : १ हजार १२७ शव फेला, ४ हजार ८५८ अझै सम्पर्कविहीन
बुधबार, भदौ १७, २०८३
चार प्रदेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने विश्वविद्यालयको तयारी
मंगलबार, भदौ १६, २०८३
मेडिकल काउन्सिलको सदस्य पदका लागि ४१ जनाको उम्मेदवारी (सूचीसहित)
मंगलबार, भदौ १६, २०८३
