नेपाल हेल्थ न्युज, बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सुर्नया गाउँपालिका–५ हरिचनकी अन्दाजी ३० वर्षीया गौरा मडैको आइतबार भिरबाट लडेर मृत्यु भएको हो ।
आइतबार दिउँसो करिब १२ बजेको समयमा घर नजिकैको गोगनाडी खोला भिरमा घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी मडैको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको रौलेश्वर स्वास्थ्यचौकी इन्चार्ज नरेश मडैले जानकारी दिनुभयो ।
उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । मृतक मडै रौलेश्वर स्वास्थ्य चौकिमा पाँच वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत हुनुहुन्थ्यो । मृतक मडैका घरमा दुई छोरा र श्रीमान् हुनुहुन्छ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
बिहीबार, कात्तिक १२, २०८३
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
