नेपाल हेल्थ न्युज, काठमाडौं । पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलमा कार्यरत चिकित्सक तथा कर्मचारीहरू विगत चार दिनदेखि आन्दोलनमा उत्रिएको विषयमा नेपाल डेन्टल एसोसियसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कलेज प्रशासनले २०८३ भदौ २३ गते सूचना जारी गर्दै भदौ २४ गतेदेखि लागू हुने गरी कार्यालय समय परिवर्तन गरेको र सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको एसोसियसनले जनाएको छ।
तर, कार्यरत चिकित्सक तथा कर्मचारीहरूको सेवा–सुविधा, श्रम अधिकार तथा आपसी सहमतिलाई पर्याप्त रूपमा सम्बोधन नगरी कार्यसमय मात्र बढाइएको भन्दै सम्बन्धित पक्षले साविककै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्मको कार्यसमयअनुसार सेवा प्रदान गरेको बताइएको छ।
यसै विषयलाई लिएर भदौ २६ गते कलेज प्रशासनले सम्पूर्ण चिकित्सकलाई स्पष्टीकरण सोधेको घटनाप्रति समेत नेपाल डेन्टल एसोसियसनले चासो व्यक्त गरेको छ।
एसोसियसनले स्वास्थ्य संस्था सञ्चालनका क्रममा चिकित्सक तथा कर्मचारीको श्रम अधिकार, पेशागत मर्यादा, सेवा–सुविधा तथा प्रचलित कानुनले सुनिश्चित गरेका अधिकारको सम्मान हुनुपर्नेमा जोड दिएको छ। श्रम ऐन, प्रचलित कानुन तथा आपसी सहमतिविपरीत कुनै पनि निर्णय एकतर्फी रूपमा लागू गर्नु उपयुक्त नहुने एसोसियसनको धारणा छ।
एसोसियसनले आन्दोलनरत चिकित्सक तथा कर्मचारीका जायज मागलाई यथाशीघ्र सम्बोधन गर्दै आपसी संवाद र सहमतिका माध्यमबाट समस्या समाधान गर्न कलेज व्यवस्थापनसँग आग्रह गरेको छ।
समस्या समाधानका लागि आवश्यक परे दुवै पक्षबीच समन्वय, सहजीकरण तथा रचनात्मक संवादका लागि नेपाल डेन्टल एसोसियसन तयार रहेको समेत विज्ञप्तिमार्फत जनाएको छ।
आईसीयूमै अन्तर्वार्ता लिनु र अनुमति दिनु दुवै गम्भीर : सांसद बास्कोटा
मंगलबार, भदौ ३०, २०८३
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
मंगलबार, भदौ ३०, २०८३
