नेपाल हेल्थ न्युज, काठमाडौं । सघन उपचार कक्ष (आइसियु) तथा अन्य संवेदनशील स्वास्थ्य सेवा क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरी बिरामीको फोटो, भिडियो खिच्ने र अन्तर्वार्ता लिने कार्यप्रति पाँचवटा स्वास्थ्य व्यवसायी परिषद्हरूले गम्भीर ध्यानाकर्षण गराएका छन्।
नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल फार्मेसी परिषद्ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उपचाररत बिरामीको गोपनीयता, स्वायत्तता र मानवीय मर्यादाको ख्याल गर्न अपिल गरेका हुन्।
आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, प्रसूति कक्ष तथा मानिसक स्वास्थ्य सेवा जस्ता संवेदनशील स्थानमा बिरामीको जीवन रक्षा, सुरक्षित उपचार र सङ्क्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
उनीहरुले स्वीकृतिविना प्रवेश र रेकर्डिङमा रोक लगाउन, सहमति र उपयुक्त वातावरणका लागि अभिभावकको अनुमति र संस्थागत स्वीकृति अनिवार्य हुनुपर्ने विषय पनि उठाएका छन् ।
यस्तै, गोपनीयता र मर्यादाको पालना गर्न, वैकल्पिक स्थानको प्रयोग गर्न पनि सुझाव दिइएको छ । अस्पतालको कडाइ र प्रोटोकलमा ध्यान दिन पनि संस्थाहरुले अपिल गरेका छन् ।
खासगरी सञ्चार जगतले आचारसंहिताको पालना गर्नु पर्ने विषयमा पनि संस्थाहरुले ध्यानाकर्षण गराएका छन् । उनीहरुले सञ्चारकर्मी, नागरिक, सामाजिक सङ्घसंस्था र सरोकारवालालाई बिरामीको सम्मान, स्वास्थ्यकर्मीको सुरक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि सहयोग गर्न पनि अपिल गरेका छन् ।

बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
बागलुङमा १४ सयभन्दा बढीमा डेङ्गु, २८२ मा स्क्रब टाइफस पुष्टि
बुधबार, भदौ ३१, २०८३
आमालाई ६ महिना र बुबालाई ४२ दिन सुत्केरी बिदाको प्रस्ताव
बुधबार, भदौ ३१, २०८३

