नेपाल हेल्थ न्युज, काठमाडौं । सेप्टेम्बर महिना स्त्री रोगसम्बन्धी क्यान्सर सचेतना महिना हो । महिलामा हुने पाठेघरको क्यान्सरबारे केही छोटो कुरा गर्न गइरहेका छौँ । पाठेघरको क्यान्सर भन्नाले पाठेघरको एउटा मुखको क्यान्सर हुन्छ । अर्को पाठेघरको माथिल्लो भागको क्यान्सर हुन्छ र अण्डाशय (डिम्ब) को पनि क्यान्सर हुन सक्छ ।
यी तीनवटै भागका फरक–फरक प्रकारका स्क्रिनिङ टेस्ट (जाँच) हरू हुन्छन्, फरक–फरक चुनौतीहरू आउँछन् र फरक–फरक लक्षणहरू हुन्छन् । यी सबैलाई बुझ्न धेरै जरुरी छ, किनकी हामी क्यान्सर हुनबाट बच्न र लागि हालेमा पनि सुरुकै अवस्थामा यसलाई पत्ता लगाएर सही उपचार लिन सजिलो होस् ।
पाठेघरको मुखको क्यान्सरको पहिचानका लागि प्याप स्मेयर गर्नुपर्ने हुन्छ । प्याप स्मेयरले पाठेघरको क्यान्सर लाग्नुभन्दा अगाडि नै पत्ता लगाउन सकिन्छ । जसले गर्दा पाठेघरको क्यान्सरको रोकथाममा सहज हुन्छ । यो प्रत्येक ३–३ वर्षमा गर्न सकिन्छ । यसका साथै एचपिभी टेस्ट पनि गर्न सकिन्छ । एचपिभी टेस्ट भन्नाले ’ह्युमन प्यापिलोमा भाइरस’को जाँच हो, जसले पाठेघरको मुखको क्यान्सर गराउँछ ।
त्यस्तै, पाठेघरको क्यान्सरमा मासुको क्यान्सर (सार्कोमा) वा भित्री तहको क्यान्सर (एन्डोमेट्रियल कार्सिनोमा) हुन सक्छ । यस्तो अवस्थामा असामान्य रक्तस्राव, महिनावारी सुकेपछि रगत बगेमा पाठेघरको क्यान्सरजस्ता लक्षण देखिएमा भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) र रगत जाँच गरेर सुरुकै अवस्थामा यसलाई पत्ता लगाउन सकिन्छ ।
त्यसैगरी, डिम्बशय (अण्डाशय) को क्यान्सर हुँदा धेरैजसो महिलाहरू ग्यास्ट्रिकको समस्या सम्झेर बसिरहन्छन् । ६ महिनाभन्दा बढी समयसम्म ग्यास्ट्रिकको औषधि खाँदा पनि निको भएको छैन भने डिम्बशयमा क्यान्सर छ कि भनेर स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।
यसका साथै आफ्नो परिवारमा कसैलाई पाठेघर वा स्तन क्यान्सरको इतिहास छ भने ती महिलाहरू अझ बढी जोखिममा हुन्छन् । कुनै लक्षण नदेखिए पनि प्रत्येक ३–३ वर्षमा स्त्रीरोग विशेषज्ञलाई भेटेर आफ्नो स्वास्थ्य परीक्षण गराउनाले क्यान्सरबाट बच्न सकिन्छ ।
(डा समीरा साफी खान ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुनुहुन्छ ।)
इन्द्रजात्राको सार्वजनिक बिदामा पनि त्रिवि शिक्षण अस्पतालका सेवा सञ्चालन हुने
बिहीबार, असोज ८, २०८३
तारेको खानेकुरा छाड्दा स्वास्थ्यमा हुने ६ फाइदा
बिहीबार, असोज ८, २०८३
नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई कलेज छाड्न निर्देशन
बिहीबार, असोज ८, २०८३
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा सारियो
बिहीबार, असोज ८, २०८३
