नेपाल हेल्थ न्युज, काठमाडौं । इन्द्रजात्राका अवसरमा उपत्यकाभर सार्वजनिक बिदा भए पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले आफ्ना सम्पूर्ण सेवा नियमित रूपमा सञ्चालन गर्ने भएको छ।
अस्पताल प्रशासनले सूचना जारी गर्दै २०८३ साल असोज ९ गते इन्द्रजात्राका अवसरमा सार्वजनिक बिदा भए पनि अस्पतालबाट प्रवाह हुने बिहानी तथा दिवा सत्रका सम्पूर्ण सेवाहरू पूरा दिन सञ्चालन हुने जनाएको हो।
अस्पतालका प्रमुख भोजराज भट्टद्वारा जारी सूचनामा सार्वजनिक बिदाका कारण अस्पतालका सेवा प्रभावित नहुने र सम्बन्धित सबैलाई सोहीअनुसार जानकारी गराइएको उल्लेख छ।
अस्पताल प्रशासनले बिरामी तथा सेवाग्राहीलाई निर्धारित सेवाहरू नियमित रूपमा उपलब्ध हुने भएकाले सेवा लिन आउन अनुरोध गरेको छ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तारेको खानेकुरा छाड्दा स्वास्थ्यमा हुने ६ फाइदा
बिहीबार, असोज ८, २०८३
नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई कलेज छाड्न निर्देशन
बिहीबार, असोज ८, २०८३
परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ
बिहीबार, असोज ८, २०८३
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा सारियो
बिहीबार, असोज ८, २०८३
