नेभिगेशन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सह-निर्देशकमा डा. खनाल, सहायक मेट्रोनमा न्यौपाने

नेपाल हेल्थ न्युज, दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुई कर्मचारीलाई नयाँ जिम्मेवारी प्रदान गरेको छ। प्रतिष्ठानले डेन्टल विभागका लेक्चरर डा. निरोज खनाललाई सह–निर्देशक र शिक्षण अस्पतालमा कार्यरत नर्सिङ अधिकृत बिनु न्यौपानेलाई सहायक मेट्रोनको जिम्मेवारी दिएको हो।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जारी गरेको पत्रअनुसार डा. खनाललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ को दफा २४ तथा सम्बन्धित नियमावलीका प्रावधानका आधारमा सह–निर्देशकको जिम्मेवारी दिइएको छ।

अर्को व्यवस्था नभएसम्मका लागि लागू हुने उक्त जिम्मेवारी प्रतिष्ठानको हितलाई केन्द्रमा राखेर पूरा गर्न पत्रमार्फत आग्रह गरिएको छ।

त्यसैगरी, शिक्षण अस्पतालमा नर्सिङ अधिकृतका रूपमा कार्यरत बिनु न्यौपानेलाई अतिरिक्त जिम्मेवारीका रूपमा सहायक मेट्रोनको कार्यभार सुम्पिएको छ। प्रतिष्ठानले उनको यसअघिको कार्यसम्पादनप्रति धन्यवाद व्यक्त गर्दै नयाँ जिम्मेवारी पनि प्रभावकारी रूपमा पूरा गर्ने अपेक्षा गरेको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ