यहाँको बारेकोट गाउँपालिका–२ का नन्दवीरे नेपालीको शव तीन दिनदेखि परीक्षण नहुँदा समस्या भएको छ ।
स्वास्थ्यचौकी लिम्सामा डाक्टर नहुँदा दुई दिनदेखि नेपालीको शवलाई परीक्षण गर्न नसकिएको हो । फागुन २० गते स्थानीय नरेन्द्र घर्तीको मित लगाउने ठाउँमा गएर घर फर्कने क्रममा वडा–२ कै सेरीभिरबाट लडेर विकको फागुन २१ गते बेलुका मृत्यु भएको थियो ।
दुई दिनदेखि विकको शव स्वास्थ्यचौकीमा ल्याएर राखिएको भए पनि चिकित्सक नहुँदा परीक्षण हुन नसकेको स्थानीय विष्णु ज्योतिले बताउनुभयो । बारेकोट गाउँपालिकाको मुटुमा रहेको स्वास्थ्यचौकी लिम्सामा करिब एक महिनादेखि डाक्टर नहुँदा उपचारमा समेत समस्या हुँदै आएको छ ।
दुईजना एमबिबिएस डाक्टरको दरबन्दी भएपनि हाल स्वास्थ्यचौकी डाक्टरविहीन हुँदा समस्या भएको ज्योतिले बताउनुभयो । नलगाड नगरपालिकाको दल्ली स्वास्थ्यचौकीबाट डाक्टर लिएर परीक्षण गर्ने तयारी भएको ज्योतिको भनाइ छ ।
बुधबार बेलुका माछा मारेर फर्कने क्रममा जाजरकोटको बारेकोट गाउँपालिका–८ का ४३ वर्षीय गोमे बुढाको पनि मृत्यु भएको छ । माछा लिएर घर फर्कने क्रममा गोलखारास्थित बाटोबाट लडेर नलगाड नदीमा परेपछि बुढाको मृत्यु भएको हो । साँघुरो बाटो भएकाले बुढाको लडेर मृत्यु भएको सक्लाका लोकेन्द्र गौतमले जानकारी दिनुभयो ।
अस्पतालमा विद्युत् नहुँदा समस्या
एक हप्तादेखि जाजरकोट अस्पतालमा विद्युत् नहुँदा समस्या भएको छ । अस्पतालमा जोडिएको साङटारिसाङ जलविद्युत् योजनाबाट उत्पादित विद्युत्को लाइन काटिएको र छिन्चु–जाजरकोट ३३ केभी विद्युत् लाइन नजोडिएका कारण एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।
३३ केभी लाइन विद्युत् जोड्न पटकपटक आग्रह गर्दा पनि कर्मचारीको अटेरीका कारण समस्या भएको जिल्ला अस्पतालले बताएको छ । जिल्ला स्वास्थ्य कार्यालय पनि एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध हुँदा समस्या भएको हो । रासस
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
