धौलागिरि गाउँपालिका–५ मल्कवाङमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ ।
मल्कवाङ स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति, पूर्वाधार र सामग्रीको व्ययवस्थापन गरी प्रसूति केन्द्र्र सञ्चालन गरिएको हो । पूर्वसांसद नवराज शर्माको सिफारिशमा सांसद विकास कोषको रु एक लाख अनुदानमा सामग्री खरिद गरेर प्रसूती केन्द्र सञ्चालन गरिएको धौलागिरि गाउँपालिकाका स्वास्थ्य संयोजक लोकनाथ पौडेलले बताउनुभयो ।
मल्कवाङमा प्रसूति केन्द्र स्थापना भएपछि सुत्केरी हुनका लागि मराङ, दरवाङ, बेनी लगायतका ठाउँमा रहेका स्वास्थ्य संस्था र अस्पताल पुग्नुपर्ने यहाँका महिलाको बाध्यता हटेको छ । प्रसूती केन्द्र सञ्चालनका लागि स्थानीयवासीले सक्रियता देखाएका थिए । मल्कवाङमा अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको छ । जिल्लाका २४ वटा स्वास्थ्य संस्थामा प्रसूती केन्द्र सञ्चालनमा छन् । रासस
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
