संयुक्त राष्ट्रसंघले जुन २१ तारिखलाइ बिश्व योगा दिवसका रुपमा घोषणा गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई स्वीकार गर्दै राष्ट्रसंघले योगा दिवस घोषणा गर्न लागेको हो । हिन्दु धर्माबलम्बीको महान ग्रन्थ गीताको ५१५१ औं बर्षगाँठ मनाउन हालै दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले यस्तो जानकारी दिएकी हुन् । ‘प्रधानमन्त्रीले तीन महिना पहिले बिश्व योगा दिवस मनाउने प्रस्ताव गर्नुभएको थियो, त्यसमा अहिलेसम्म १७० मुलुकको समर्थन प्राप्त भइसकेको छ’ स्वामी रामदेवसमेत उपस्थित कार्यक्रममा स्वराजले भनिन—जुन २१ लाई अब राष्ट्रसंघले योगा दिवसका रुपमा मनाउने छ ।’ पूर्वीय दर्शनमा स्वास्थ्यका लागि योगा परापूर्व कालदेखि नै प्रचलित छ । पछिल्ला बर्षहरुमा पश्चिमा मुलुकहरुमा पनि योगा निकै लोकप्रिय हुँदै गएको छ । श्रोतःप्रेस ट्रष्ट अफ इन्डिया
भाँचिएको आत्मालाई जीवन विज्ञानले जोडेको आत्मकथा
बिहीबार, जेठ १५, २०८२
महिलालाई निरोग राख्ने सात योग
आइतबार, चैत २४, २०८१
योग खाली पेट गर्नु उपयुक्त कि नास्तापछि ?
मंगलबार, चैत १९, २०८१
