रामपुर (पाल्पा), १८ फागुन । साँखर आयुर्वेदिक स्वास्थ्य चौकीका लागि स्थानीयवासीले ६ रोपनी जग्गादान गरेका छन् । यहाँका स्थानीय बासिन्दा तेजप्रसाद तिवारी र गोविन्द तिवारीले तीन रोपनी चार आना, हुममायाँ कँडेलले एक रोपनी १२ आना र तुल्सीप्रसाद खनालले एक रोपनी गरी जम्मा ६ रोपनी जग्गादान गर्नुभएको छ ।
तेजप्रसाद तिवारी भन्नुहुन्छ, “जग्गा अभावमा स्वास्थ्य चौकी भवन निर्माण नहँदा स्थानीयवासीले स्वास्थ्य उपचारमा निकै समस्या झेल्नु परेको छ, सहज स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य चौकीको भवन निर्माणमा जग्गादान सहयोग गरेको हुँ ।”
यहाँ आयुर्वेदिक स्वास्थ्य चौकी निर्माण हुने भएपछि स्थानीयवासीले सहज र सुलभ सेवा पाउनेछन् । रासस
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
