नृत्यलाई साधारण रुपमा मनोरञ्जन एवम् भावनाहरु ब्यक्त गर्ने माध्यमको रुपमा लिइन्छ तर नृत्य अनेक रोगहरुको उपचारका लागि पनि प्रभावकारी देखिएको छ । त्यसैले मानिसहरु आजकाल डान्स मुभमेन्ट थेरापी प्रति आकर्षित हुदै गएका छन । के हो डान्स मुभमेन्ट थेरापी ? नृत्यले रोगहरुको उपचार गर्ने पद्धतिलाई डान्स मुभमेन्ट थेरापीको नाम दिइएको छ । यस थेरापीको प्रयोग डिप्रेशन, हृदयरोग, जोर्नीको दुखाई, ओस्टियोपोरोसिस्, डिस्लेक्सिया, पार्किङसन जस्ताः रोगहरुको उपचारका लागि प्रयोग गर्न थालिएको छ । नृत्य गर्ने बेलामा हाम्रो शरीरको विभिन्न मांसपेशिहरुको प्रयोग हुन्छ । यसले शरीरको जोर्नीलाई कुनै पनि नोक्सान नपु¥याई मांसपेशिलाई मजबुत एबं सक्रिय बनाउन मद्धत पुराउछ । अमेरिकाको नेशनल हार्ट, लंग एण्ड ब्लड इन्स्टिच्यिुचमा गरिएको एक अध्ययनबाट यो कुराको पुष्टि भएको छ ,
‘‘बलरुप डान्सिङ्ग बाट कोरोनरी हार्ट डिजिजको खतरा घट्छ, रक्तचार नियन्त्रित रहन्छ, तौल घट्छ र एचडिएल कोलेस्टोरको स्तरमा सुधार आउछ।’’
द आर्ट इन साइकोथेरापी (२००७) को एक अध्ययनमा नृत्य थेरापीबाट डिप्रेशनका लक्षण देखापरेका ब्यक्तिहरुमा सकारात्मक असर देखियो । अलजाइमर केयर टु डे (२००८) को अनुसार नृत्य थेरापीले स्मरण शक्ति सुधार्न मद्धत गर्छ । डान्स मुभमेन्ट थेरापीको महत्व अनेक वैज्ञानिक अध्ययनबाट पनि प्रमाणित भएको छ कि विभिन्न प्रकारको नृत्य शैलिहरुले हृदय रोगको खतरा कम गर्न, वजन कम गर्न, वजन घटाउन तथा हड्डी र मांसपेसिलाई मजवुत राख्न मद्धत पु¥याउछ । यस बाहेक नृत्यले मष्तिष्कमा बन्ने रसायनहरुकोे सँख्या बढाउछ , जसले नसाका कोशिकाहरुको विकासमा मद्धत पु¥याउछ । नृत्यले अक्सिजन ग्रहण गर्ने तथा कार्वनडाइअक्साइड एवम् अन्य विषलु पदार्थ बाहिर निकाल्ने शरीरको क्षमतालाई बढाउछ ।
‘‘नृत्य आफूमा आत्मविश्वासको विकास गर्ने सबैभन्दा सजिलो उपाय हो । यसले मनलाई ताजा बनाउछ, जीवनमा नयाँ उर्जाको संचार गर्छ र रचनात्मकतालाई बढाउछ ।’’
नृत्यको सबै भन्दा राम्रो पक्ष यो हो कि मानिसलाई रमाइलोे पनि हुन्छ र स्वास्थ्यमा पनि लाभदायि परिवर्तन आइरहेको हुन्छ , जस्तै वजन घट्नु, वजन नियन्त्रित भयो भने विभिन्न रोगबाट बच्न सकिन्छ । नृत्यको शारीरिक लाभ बाहेक अनेक मानसिक लाभ पनि छन । डान्स मुभमेन्ट थेरापीले तनाव घटाउछ, रोगहरुबाट बच्न, वजन घटाउन तथा सुखी हुन मद्धत गर्छ । यस थेरापीका विभिन्न मानसिक तथा शारीरिक लाभका कारण डान्स मुभमेन्ट थेरापीलाई बैकल्पिक उपचार पद्धतिका रुपमा लिन सकिन्छ । स्वास्थ्य सन्दर्भ
तौल घटाउन मह कति उपयोगी ? जान्नुहोस् सेवन गर्ने सही तरिका
बुधबार, भदौ ३, २०८३
फिट रहन चाहनेहरूले यी खानेकुराबाट टाढा रहन सुझाव
बिहीबार, साउन २१, २०८३
तौलको भारः अब मलाई सुन्दर देखिनु होइन, स्वस्थ रहन आवश्यक छ
बुधबार, जेठ १४, २०८२
चेस्टको एक्सरसाइज कसरी गर्ने ?
मंगलबार, चैत २६, २०८१
