अस्पताल सञ्चालन गर्नु आफैंमा निकै चुनौतिपूर्ण काम हो । अन्य व्यवसायजस्तो तत्काल नाफा कमाउन सकिदैन । शुरुमा ठूलो लगानी हुन्छ तर प्रतिफल निकै न्यून । बिरामीको विश्वास जित्न लामो तपश्या गर्नुपर्छ । सम्बन्धित विधामा विशेषज्ञता हाँसिल गरेका चिकित्सकहरुलाई टिकाएर राख्न त्यति सजिलो छैन ।
जीवनकालमा सर्जिकल व्यवसायबाट आफ्नो करियर शुरु गरेका एकजना त्यस्ता व्यक्ति हुन् जसले आफ्नो गृहजिल्ला सिन्धुपाल्चोकको खाँडीचौरमा २०६५ सालमा सिन्धु सदावहार हस्पिटल शुरु गरेर हस्पिटल सञ्चालनको अनुभव लिए । अस्पताल सञ्चालनमा कठिनाइ हुने जान्दाजान्दै पनि उपचारपछि बिरामीले पाउने खुशीमा रमाउन थाले । अस्पतालतिर उनको लगानी बढ्दै गयो । दुई दशकअघि वरिष्ट पेट रोग विशेषज्ञ डा. मधु घिमिरेले ठूलो सोचले खोलेको तर गति लिन नसकेको २१ वर्ष पुरानो ह्याम्स हस्पिटल पछिल्लो समय खरीद गरे ।
त्यो बीचमा सुहृद घिमिरे, पञ्चकन्या ग्रुपका प्रदिप श्रेष्ठलगायतका व्यक्तिले चलाउने कोशिस गरेका थिए । तर सकेनन् । मन्निखाटारमा ११ रोपनी क्षेत्रफलमा बन्दै गरेको १० तलाको भवन दोस्रो तला ढलान गरेपछि बीचमा रोकियो । तिनै सर्जिकल व्यवसायी रामशरण ९आर।एस।० भण्डारीले यतिखेर ह्याम्स सञ्चालनमा ल्याएका छन् । उनले आफ्नो अध्यक्षतामा वरिष्ठ मुटु सर्जन प्रा।डा। भगवान कोइराला, वरिष्ठ क्यान्सर सर्जन प्रा।डा। प्रकाश सायमी, वरिष्ठ फिजिसियन प्रा।डा। अर्जुनबहादुर कार्की, वरिष्ठ युरोलोजिष्ट प्रा।डा। प्रेमराज ज्ञवाली, वरिष्ठ न्युरोसर्जन प्रा।डा। प्रकाश विष्टलगायतका एक दर्जनभन्दा बढी चिकित्सकलाई शेयरहोल्डर बनाएर बिरामीको सेवामा पाइला अघि बढाएका छन् ।उनले यो भन्दा अघिका अस्पताल सञ्चालक टिमलाई पनि केही शेयर दिएका छन् । अस्पतालका अध्यक्ष भण्डारी भन्नुहुन्छ—अब ह्याम्सलाई नमुना हस्पिटलको रुपमा विकसित गर्दै जाने सोचले काम भइरहेको छ ।’ अहिले ह्याम्स हेलिप्याडसहित १० तलाको छ । बिरामीको अवस्थाअनुसार हस्पिटलले २५ प्रतिशतसम्म छुटमा अत्याधुनिक उपकरण र ख्यातिप्राप्त चिकित्सकबाट उपचार सेवा प्रदान गरिरहेको छ । अध्यक्ष भण्डारीको भनाइ छ—‘हाम्रो कोसिस भनेको शुलभ र सस्तो शुःल्कमा कसरी उपचार गर्न सकिन्छ भन्नेमा छ ।’ हाल अस्पतालको क्षमता १ सय शैयाको रहेको छ । एक वर्षभित्रमा २ सय पु¥याउने अस्पतालको लक्ष्य छ । अत्याधुनिक प्रविधिबाट बिरामीको रोग पहिचान गरी उपचार भइरहेको अध्यक्ष भण्डारीले जानकारी गराउनुभयो । भण्डारी भन्नुहुन्छ—‘गुणस्तरीय उपचार सेवा दिएर जीवनमरणको दोसाँधमा पुगेका बिरामी बचाउनु जति धर्म अरुमा छैन जस्तो लाग्छ ।’
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
भारतका १६ राज्यमा फेरि कोरोना फैलिन थाल्यो, सक्रिय संक्रमित हजार नाघे
सोमबार, जेठ १२, २०८२
संघीय अस्पतालहरूको सेवा र शुल्कमा समानता ल्याउन स्वास्थ्य मन्त्रालयको नयाँ विधेयक तयारी
आइतबार, वैशाख २१, २०८२
गर्मी मौसममा खाना तताउँदा लापरवाही नगर्न विज्ञहरूको चेतावनी
बिहीबार, वैशाख १८, २०८२
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरू, दुई बिरामीको सफल प्रत्यारोपण
मंगलबार, वैशाख ९, २०८२
सिराहा अस्पतालमा सेवाग्राही हैरान, स्थानीयले १९ बुँदे मागपत्र बुझाए
मंगलबार, वैशाख ९, २०८२ट्रेन्डिङ
