भिटामिन डिको पर्याप्त मात्राले लिभर क्यान्सरको जोखिम घटाउने एक अध्ययनले देखाएको छ । ब्रिटिस मेडिकल जर्नल मा प्रकाशित एक अध्ययनमा उक्त तथ्य सार्वजनिक भएको हो ।
भिटामिन डि छालामा घामको प्रभावबाट उत्पन्न हुन्छ । भिटामिन डिले शरीरमा क्याल्सियमको पर्याप्त मात्रा कायम गर्छ । जसले गर्दा हड्डी, दात र मांशपेशी स्वस्थ रहन्छ । भिटामिन डिले हड्डीलाई स्वस्थ राख्नुका साथै दिर्घकालनि रोगहरु जस्तै केहि क्यान्सरका प्रकारसंग लड्न पनि मद्दत पु¥याउछ ।
यसको अध्ययनमा जापान पब्लिक हेल्थ सेन्टरको ४० वर्ष देखि ६९ वर्ष सम्मका ३३७३६ जना पुरुष र महिला सहभागिताको तथ्याङ्कलाई विश्लेषण गरियो ।
सहभागिहरुले आफ्नो मेडिकल इतिहास, खानपिन र जीवनशैलिबारे विस्तिृत जानकारी गराए । सहभागिहरुको भिटामिन डिको मात्रा पत्ता लगाउन रगत परिक्षण गरिएको थियो ।
भिटामिन डिको मात्रा जाडो महिनामा निकालिएको रगत भन्दा गर्मि महिनामा निकालिएको रगतमा बढि देखियो । रगत परिक्षण गर्न दिइएको नमुनालाई कम र बढि मात्राको आधारमा छुट्याइएको थियो । सहभागिहरुलाई १६ वर्षसम्म मोनिटर गर्दा ३३०१ क्यान्ससका नयाँ समस्या देखियो । क्यान्सरका जोखिम जस्तै उमेर, तौल, शारीरिक क्रियाकलाप, धुम्रपान र मदिरापानलाई मध्यनजरमा राखेर अनुसन्धानकर्ताले भिटामिन डिको मात्रा शरीरमा पर्याप्त भयो भने क्यान्सर हुन सक्ने सापेक्षिक जोखिम २० प्रतिशत कम हुन सक्छ भन्ने नतिजा निकाले । भिटामिन डिको पर्याप्त मात्राले लिभर क्यान्सरको जोखिम कम हुने अनुसन्धानमा देखिएको हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
नेपालमै सुरु हुँदै कार–टी सेल थेरापीः क्यान्सर उपचारमा नेपालको ऐतिहासिक फड्को
आइतबार, असार २८, २०८३
भक्तपुर क्यान्सर अस्पतालमै तीन दिनभित्र बायोप्सीदेखि आईएचसीसम्मको रिपोर्ट
शुक्रबार, असार १२, २०८३
मधेश प्रदेशमा भक्तपुर क्यान्सर हस्पिटलद्धारा पाठेघरको मुख र स्तन क्यान्सर स्क्रिनिङ
सोमबार, वैशाख २८, २०८३
नेपालमा क्यान्सरको वास्तविक चित्र
मंगलबार, वैशाख २२, २०८३
क्यान्सर पर्खालभित्रको मानवीय कथा
मंगलबार, वैशाख २२, २०८३ट्रेन्डिङ
४
