नेभिगेशन
आवश्यक सुविधा लिन चाहने बिरामी तथा परिवारलाई सामाजिक सेवा इकाई वा प्रशासन शाखामा सम्पर्क गर्न अनुरोध

बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

बेड चार्ज, ल्याब परीक्षण शुल्क र अक्सिजन शुल्क निःशुल्क हुने 

नेपाल हेल्थ न्युज, भक्तपुर । बाढीबाट प्रभावित क्यान्सर उपचाररत बिरामीका लागि भक्तपुर क्यान्सर अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरेको छ। रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्यान्सर बिरामीलाई लक्षित गर्दै अस्पतालले यस्तो सुविधा उपलब्ध गराउने जनाएको हो।

अस्पतालका अनुसार बाढी प्रभावित बिरामीलाई अस्पतालले उपलब्ध गराउँदै आएको १० प्रतिशत निःशुल्क बेड तथा उपचार सेवा अन्तर्गत सेवा प्रदान गरिनेछ। यसअन्तर्गत बेड चार्ज, ल्याब परीक्षण शुल्क र अक्सिजन शुल्क निःशुल्क हुने जनाइएको छ। साथै, अस्पतालमा उपलब्ध भएसम्मका औषधिसमेत निःशुल्क उपलब्ध गराइनेछ।

अस्पतालले विपन्न, असहाय तथा बेसहारा बिरामीलाई नेपाल सरकारले उपलब्ध गराउँदै आएका विभिन्न क्यान्सर उपचारसम्बन्धी सुविधासमेत लिन सकिने जनाएको छ। त्यस्तै, स्वास्थ्य बीमा तथा प्रदेश सरकारबाट प्रदान गरिँदै आएका उपचारसम्बन्धी सुविधाहरू पनि उपलब्ध हुने अस्पतालको सूचनामा उल्लेख छ।

बाढीका कारण उपचारमा समस्या परेका वा आर्थिक कठिनाइमा रहेका क्यान्सर बिरामीलाई उपचारबाट वञ्चित हुन नदिन अस्पतालले यस्तो व्यवस्था गरेको हो। अस्पतालले आवश्यक सुविधा लिन चाहने बिरामी तथा परिवारलाई सामाजिक सेवा इकाई वा प्रशासन शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ।

बाढी तथा पहिरोजस्ता प्राकृतिक विपत्तिका समयमा दीर्घरोग तथा क्यान्सरजस्ता जटिल स्वास्थ्य समस्या भएका बिरामीको नियमित उपचार प्रभावित हुन सक्ने भएकाले अस्पतालको यो व्यवस्थाले प्रभावित बिरामीलाई उपचार निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अस्पतालका अनुसार सेवासम्बन्धी जानकारी तथा समन्वयका लागि कार्यकारी निर्देशक डा। उज्ज्वल चालिसे, परामर्शदाता प्रमोद राज ढकाल, नर्सिङ प्रमुख लक्ष्मी केशरी श्रेष्ठ, सामाजिक सेवा इकाई प्रमुख बाल केसरी कोजू र सूचना अधिकृत राजमति गोसाईसँग सम्पर्क गर्न सकिनेछ।

सम्पर्कः

डा. उज्ज्वल चालिसे, कार्यकारी निर्देशकः ९८५११९९०९८
प्रमोद राज ढकाल, परामर्शदाताः ९८५१०१२३१०
लक्ष्मी केशरी श्रेष्ठ, नर्सिङ प्रमुखः ९८४१२८७१२३
बाल केसरी कोजू, प्रमुख, सामाजिक सेवा इकाईः ९८४१४९५३४६
राजमति गोसाई, सूचना अधिकृतः ९८५१३२५६५०
bhaktapur-treatment-1788451220.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप क्यान्सर