मानव शरीरमा रहेका कोषको वृद्धि र विभाजन शरीरको आवश्यकताअनुसार हुन्छ । तर, कहिलेकाहीँ स्तनमा अनावश्यक रूपमा कोष वृद्धि हुन थाल्छ । यस्तो हुँदा क्यान्सरको जोखिम हुन्छ । कोषमा आउने अनावश्यक परिवर्तनका कारण स्तनमा गिर्खा, गाँठागुठी, घाउ निस्कने हुन्छ । जसलाई स्तन क्यान्सर भनिन्छ । शारीरिक रूपमा कम सक्रिय हुनु, व्यायामसमेत नगर्ने भएका कारण स्तन क्यान्सरका बिरामीको संख्या दिनानुदिन बढ्दो छ ।
कसरी थाहा पाउने ?
फोका उठ्नु स्तन क्यान्सरको पहिलो लक्षण हो । स्तनमा डल्ला आउँदैमा क्यान्सर भइसकेको हँुदैन । तर, कतिपय अवस्थामा डिनाइनका कारण फोका देखिने हुन्छ । जुन क्यान्सरको लक्षण होइन । तर, अधिकांश महिला फोका आउनासाथ क्यान्सर नै होला भनेर झुक्किराखेका हुन्छन् । स्तनमा भेटिएको गिर्खा कडा हुँदै गएमा, नहल्लिने भएमा र बढ्दै गएमा स्तन क्यान्सरको लक्षण हो भन्ने बुझ्नुपर्छ । यदि त्यो डल्ला सामान्य रूपमा चल्ने छ भने त्यो हाइड्रो एडिडोमाको लक्षण हो । जुन सामान्य उपचारबाटै निको हुन्छ । यसबाहेक स्तनमा दागहरू देखापर्नु, मुन्टा भित्र जानु, छालामा निको नहुने घाउ आउनु आदि पनि स्तन क्यान्सरका लक्षण हुन् ।
रोगका कारण
सामान्यतया स्तनवरिपरि गिर्खा वा गाँठागुठी आएमा क्यान्सर नै भइहाल्ने हो कि भन्ने सोचिन्छ । तर, नरम गाँठा आउनासाथ क्यान्सर भइसकेको हुँदैन । वंशानुगत गुण, जंकफुड खाँदा, मदिरा वा सुर्तीजन्य पदार्थ सेवन गर्दा शरीरमा रोगसँग लड्ने क्षमतामा कमी आउँछ । अनि, क्यान्सर हुने सम्भावना रहन्छ । हर्मोनमा गडबडी आउनु, परिवार नियोजनको साधन पिल्सको अत्यधिक प्रयोग गर्नु वा जिनमा खराबी आएमा स्तन क्यान्सर हुन्छ । यस्तै, लामो समयसम्म बच्चालाई दूध नखुवाउनु, बाँझोपन, महिनावारी गडबडी पनि स्तन क्यान्सरका कारण हुन् ।
उपचार
क्यान्सर भएको झट्टै थाहा नहुने हुँदा स्तनको नियमित जाँच गराइराख्नु नै बुद्धिमानी हुन्छ । स्तनमा गाँठा देखिँदा महिनावारीको कारणले भएको हो भन्ने भ्रम व्याप्त छ । यस्तो भ्रम पाल्ने कारण स्तन क्यान्सर भएको ढिलो पत्ता लाग्ने गर्छ । अनि, रोग जटिल हुँदै जान्छ । तसर्थ, स्तनमा गाँठागुठी आएमा तुरुन्त चिकित्सककहाँ जान जरुरी छ ।
स्तन क्यान्सरको उपचार यसको आकार र अवस्था हेरेर हुन्छ । महिनावारी हुनुअघि र पछिका छुट्टाछुट्टै विधि छन् । शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, हर्मोनल थेरापी तथा टार्गेटेड थेरापीबाट क्यान्सरको उपचार गर्न सकिन्छ । स्रोतः नयाँपत्रिकाबाट
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
पत्रपत्रिकाबाट
क्यान्सरविरुद्धको रणनीति कागजमै सीमित
शुक्रबार, वैशाख ११, २०८३
युवावस्थामै क्यान्सरः अनुभूति होइन, डाटाले देखाएको गम्भीर संकट
बिहीबार, वैशाख १०, २०८३
क्यान्सर उपचारमा नर्सिङ नेतृत्व
बिहीबार, वैशाख १०, २०८३
बाल क्यान्सरका पाँच ठूला भ्रम र वैज्ञानिक यथार्थ
बुधबार, वैशाख ९, २०८३
भक्तपुर क्यान्सर हस्पिटलमा उन्नत क्यान्सर परीक्षण
बुधबार, वैशाख ९, २०८३ट्रेन्डिङ


