चिसो मौसममा व्यक्तिमा आलस्यता बढ्नुका साथै ढिला उठ्ने, काममा आलटाल जस्ता समस्या आउन सक्छन् । यसले स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्छ । तर एक्सरसाइज यस्तो फम्र्यूला हो जसले हामीलाई चिसो मौसममा पनि फिट राख्न मद्धत गर्दछ । स्वाँस्वाँ गर्दा पनि फाइदाजनक हुन्छ: तपाइ चिसो मौसममा जति धेरै सक्रिय रहनुहुन्छ, उति नै सर्दीबाट टाढा रहन सकिन्छ । यसको अलावा चिसोमा दौडदा पनि फाइदा हुन्छ । अक्सर हामी चिसोमा दौडदा हाफन (स्वाँस्वाँ गर्न) लाग्दछौ । तर यसको यति धेरै फाइदा हुन्छ कि शरीरले अक्सिजनको राम्रो प्रयोग गर्न लाग्दछ । यसले तपाइ अझ तेज दौडन सक्नुहुन्छ । धेरै क्यालोरी बर्न गर्न सकिन्छः गर्मीको तुलनामा चिसो मौसममा धेरै क्यालोरी बर्न गर्न सकिन्छ । किनकि चिसोमा शरीरलाई वार्म अप (तातो) गर्न ज्यादा ऊर्जा खर्च गर्नुपर्दछ । यद्यपी शरीरमा गर्मी पैदा गर्न धेरै तेज गतिमा दौडनुपर्दछ वा धेरै समयसम्म वार्मअप एक्सरसाइज गर्नुपर्दछ । यसको फाइदा क्यालोरी वर्न गर्नमा मिल्दछ । डिप्रेशन (तनाव) बाट छुटकाराः सर्दिमा मूड बिग्रने र डिप्रेशन हुने आशंका पनि रहन्छ । यसलाई मेन्टल हेल्थ साइन्समा सिजनल अफेक्टिव डिसअर्डर (सैड) भनिन्छ । चिसोमा बाहिर घुम्दा र घामको मजा लिनाले तनावमा राहत मिल्ने अनुसन्धानले पनि प्रमाणित गरिसकेको छ । एजेन्सी
तौल घटाउन मह कति उपयोगी ? जान्नुहोस् सेवन गर्ने सही तरिका
बुधबार, भदौ ३, २०८३
फिट रहन चाहनेहरूले यी खानेकुराबाट टाढा रहन सुझाव
बिहीबार, साउन २१, २०८३
तौलको भारः अब मलाई सुन्दर देखिनु होइन, स्वस्थ रहन आवश्यक छ
बुधबार, जेठ १४, २०८२
चेस्टको एक्सरसाइज कसरी गर्ने ?
मंगलबार, चैत २६, २०८१
