चिसो मौसममा व्यक्तिमा आलस्यता बढ्नुका साथै ढिला उठ्ने, काममा आलटाल जस्ता समस्या आउन सक्छन् । यसले स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्छ । तर एक्सरसाइज यस्तो फम्र्यूला हो जसले हामीलाई चिसो मौसममा पनि फिट राख्न मद्धत गर्दछ । स्वाँस्वाँ गर्दा पनि फाइदाजनक हुन्छ: तपाइ चिसो मौसममा जति धेरै सक्रिय रहनुहुन्छ, उति नै सर्दीबाट टाढा रहन सकिन्छ । यसको अलावा चिसोमा दौडदा पनि फाइदा हुन्छ । अक्सर हामी चिसोमा दौडदा हाफन (स्वाँस्वाँ गर्न) लाग्दछौ । तर यसको यति धेरै फाइदा हुन्छ कि शरीरले अक्सिजनको राम्रो प्रयोग गर्न लाग्दछ । यसले तपाइ अझ तेज दौडन सक्नुहुन्छ । धेरै क्यालोरी बर्न गर्न सकिन्छः गर्मीको तुलनामा चिसो मौसममा धेरै क्यालोरी बर्न गर्न सकिन्छ । किनकि चिसोमा शरीरलाई वार्म अप (तातो) गर्न ज्यादा ऊर्जा खर्च गर्नुपर्दछ । यद्यपी शरीरमा गर्मी पैदा गर्न धेरै तेज गतिमा दौडनुपर्दछ वा धेरै समयसम्म वार्मअप एक्सरसाइज गर्नुपर्दछ । यसको फाइदा क्यालोरी वर्न गर्नमा मिल्दछ । डिप्रेशन (तनाव) बाट छुटकाराः सर्दिमा मूड बिग्रने र डिप्रेशन हुने आशंका पनि रहन्छ । यसलाई मेन्टल हेल्थ साइन्समा सिजनल अफेक्टिव डिसअर्डर (सैड) भनिन्छ । चिसोमा बाहिर घुम्दा र घामको मजा लिनाले तनावमा राहत मिल्ने अनुसन्धानले पनि प्रमाणित गरिसकेको छ । एजेन्सी
तौलको भारः अब मलाई सुन्दर देखिनु होइन, स्वस्थ रहन आवश्यक छ
बुधबार, जेठ १४, २०८२
चेस्टको एक्सरसाइज कसरी गर्ने ?
मंगलबार, चैत २६, २०८१
यस्ता छन् मोटोपना घटाउने २० टिप्स
मंगलबार, चैत २६, २०८१
तौल घटाउने औषधिः कति फाइदा कति जोखिम ?
आइतबार, चैत २४, २०८१
