क्यान्सर उपचारमा सर्जरी, किमो र रेडिएसन थेरापी दिने गरिन्छ । किमो भनेको औषधि दिने प्रक्रिया हो । गुणात्मक रुपमा बढ्ने क्यान्सर सेलहरुलाई रोक्न किमोथेरापी दिनुपर्छ । इन्जेक्सनबाट स्लाइनमा मिसाएर किमो दिने गरिन्छ । किमो दिँदा धेरै कुरामा ख्याल गर्नुपर्छ । बिरामीलाई प्रायः ३—४ हप्ताको फरकमा किमो दिनुपर्छ ।
कतिपय किमो इन्जेक्सनबाट लगाउने हुन्छ भने कति खाने हुन्छ । किमोथेरापीले सामान्य हेयर फोलिकलहरुलाई असर गर्ने भएकाले कपाल झर्छ, मुखभित्र हुने म्युकोसाहरुमा असर गर्ने भएकाले मुख र घाँटी भित्र घाउ हुने, खान निल्न नसक्ने, रोग प्रतिरोधात्मक क्षमता घट्ने जस्ता विभिन्न संक्रमण हुने संभावना रहन्छ । त्यसैले किमो थेरापी लिएका बिरामीहरु चिकित्सकको सम्पर्कमा रहिरहनुपर्छ । हरेक हप्ता रगतको जाँच लिएर विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्छ । बिरामीलाई खान मन नलाग्ने, बाक बाक लाग्ने, कब्जियत, झाडापखाला जस्ता समस्या पनि देखिन सक्छ । यसले हातखुट्टा झम्झमाउने, छालाको रंगमा परिवर्तन पनि आउन सक्छ । ज्वरो आएमा तत्काल विशेषज्ञ चिकित्सकसँग जँचाउनुपर्छ । कतिपय किमोले मुटुलाई असर पार्न सक्छन् । त्यसैले बिरामीको अवस्थाबारे राम्रोसँग जानकारी लिएर मात्र औषधि चलाउनुपर्छ यस्ता बिरामीहरुलाई मुटुलाई असर नगर्ने किमिसका किमो दिनुपर्छ । कतिपय किमोले मिर्गौलालाई पनि असर पार्न सक्छन् ।
किमो थेरापी लिएका बिरामीहरुका लागि शल्यक्रिया गर्न संभव भएमा शल्यक्रिया गर्न सल्लाह दिइन्छ । शल्यक्रिया गर्न नमिल्ने एड्भान्स तहका बिरामीहरुका लागि प्यालिएटिभ केयरमा राख्नुपर्छ । बिरामीको दुखाई कम गर्न किमो थेरापी दिइन्छ । शल्यक्रियापछि पनि किमो थेरापीको आवश्यकता हुनसक्छ किनभने शल्यक्रिया गर्दा क्यान्सर देखिएको भाग मात्र झिकिएको हुन्छ तर त्यहाँ बाँकी हुनसक्ने केही क्यान्सर शरीरमा फैलिनबाट रोक्न किमो थेरापी दिने गरिन्छ ।
(डा. पुनः नेपाल मेडिकल कलेज/नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा कार्यरत हुनुहुनछ ।)
प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
नेपालमै सुरु हुँदै कार–टी सेल थेरापीः क्यान्सर उपचारमा नेपालको ऐतिहासिक फड्को
आइतबार, असार २८, २०८३
भक्तपुर क्यान्सर अस्पतालमै तीन दिनभित्र बायोप्सीदेखि आईएचसीसम्मको रिपोर्ट
शुक्रबार, असार १२, २०८३
मधेश प्रदेशमा भक्तपुर क्यान्सर हस्पिटलद्धारा पाठेघरको मुख र स्तन क्यान्सर स्क्रिनिङ
सोमबार, वैशाख २८, २०८३
नेपालमा क्यान्सरको वास्तविक चित्र
मंगलबार, वैशाख २२, २०८३
क्यान्सर पर्खालभित्रको मानवीय कथा
मंगलबार, वैशाख २२, २०८३ट्रेन्डिङ
६
