
एउटा नयाँ अनुसन्धानले गुलियो पेयपदार्थका कारण असामयिक निधन हुने सम्भावना बढाउने देखाएको छ। हार्भर्ड विश्ववद्यालयको टीएच चान स्कूल अफ पब्लिक हेल्थले गत महिना प्रकाशित गरेको अनुसन्धानमा मानिसहरूले जति धेरै गुलियो पेयपदार्थ पिउँछन् - कारण जे भए पनि - उनीहरूमा असामयिक निधन हुने खतरा उति नै धेरै बढ्ने देखिएको छ। सो अनुसन्धानका लागि ३० वर्ष उमेरभन्दा माथिका ३७ हजार पुरुष र ८० हजार महिलाबाट तथ्याङ्क सङ्कलन गरिएको थियो।
"महिनामा एक पटकभन्दा कम पिउनेभन्दा महिनामा एकदेखि चार पटक पिउनेहरूमा खतरा एक प्रतिशतले बढ्ने, हप्ताको दुईदेखि छ पटक पिउनेहरूमा खतरा छ प्रतिशत बढ्ने, दिनमा एक वा दुई पटक पिउनेहरूमा १४ प्रतिशत खतरा बढ्ने र दैनिक दुईभन्दा बढी पटक पिउनेहरूमा २१ प्रतिशत खतरा बढ्ने देखिन्छ," प्रमुख अनुसन्धानकर्ता वसन्ती मलिकले भनिन्।विश्वव्यापी खपत
अनुसन्धानले गुलियो पेयपदार्थ र मुटुसम्बन्धी समस्याबाट हुने असामयिक निधनका बीच गहिरो सम्बन्ध एवम् क्यान्सरबाट मृत्यु हुने सम्भावना रहेको देखाएको छ। संसारभरि गुलियो पेयपदार्थको खपत बढिरहेको छ। सन् २०१८ मा संसारभरि औसतमा एक व्यक्तिले वार्षिक ९१.९ लिटर गुलियो पेयपदार्थ पिउने युरोमोनिटर इन्टर्न्याश्नलले बताएको छ।गुलियो पेय पदार्थको विश्वव्यापी खपत
| पेयपदार्थका पारखी देश: सन् २०१८ मा प्रतिव्यक्ति औसत खपत (लिटरमा) | |
|---|---|
| चीन | ४१०.७ |
| अमेरिका | ३५६.८ |
| स्पेन | २६७.५ |
| साउदी अरेबिया | २५८.४ |
| अर्जेन्टिना | २५०.४ |
| नाइजेरिया | २३३ |
| जापान | १८५.८ |
| यूके | १६८.३ |
| टर्की | १६०.६ |
| ब्राजिल | ११४.६ |
क्यालरीको हिसाब
सन् २०१५ मा ल्यान्सेट जर्नलमा प्रकाशित प्रतिवेदनमा अमेरिकीहरूले गुलियो पेयपदार्थबाट दैनिक औसतमा १५७ क्यालरी प्राप्त गर्ने तथ्याङ्क थियो। त्यति क्यालरी प्राप्त गर्नका लागि दिनमा एउटाभन्दा बढी कोला पिउनुपर्छ। कोका-कोलाको ३३० मिलिलिटरको बोतलमा ३५ ग्राम वा सात चम्चाबराबर चिनी हुन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार दिनमा ५० ग्रामभन्दा बढी चिनी खानुहुँदैन। तर अमेरिकाभन्दा धेरै चिनी खाने देशरू पनि छन्।- ३५ ग्राम३३० मिलिलिटरको कोका-कोलामा चिनीको मात्रा जुन
- ७चम्चा चिनी बराबर हो
- १२.५ चम्चा चिनीविश्व स्वास्थ्य सङ्गठनले वयस्यका लागि तोकेको दैनिक मात्रा




