नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट पार्टीको महामन्त्री पदमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्।
गत शुक्रबार सम्पन्न मतदानको परिणामअनुसार खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थानमा विजयी भए। त्यस्तै, उदयशम्शेर राणाले २ हजार ३३० मत प्राप्त गरी महामन्त्री पदमा निर्वाचित भए।
महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत पाएकी छन्।
खुला महामन्त्रीतर्फ प्रतिस्पर्धा गरेका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।
यसैगरी, पार्टीको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्। महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीले पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण तथा आगामी निर्वाचनको रणनीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३

