इलामका ६० वर्षीय घनेन्द्र कार्कीले एक वर्षअघि आफ्नो दाँयापट्टिको स्तनमा सानो गिर्खो आएको महशुस गरे । तर काम विषेशले गर्दा उपचार नगराइ बसे । एक वर्षपछि चिकित्सककहाँ पुग्दा थाहा भयो, त्यो गिर्खो त क्यान्सर पो रहेछ । पहिलो चरणको क्यान्सर भएकाले एक महिनाअघि शल्यक्रिया गराएका उनलाई अहिले निको हुँदै छ । भक्तपुरका ५१ वर्षीय श्यामकृष्ण श्रेष्ठको स्तनमा सानै उमेरदेखि सानो गिर्खा थियो । उपचारका लागि कसैले वास्ता गरेन । एक वर्षअघि एकदमै चिलाएपछि श्रीमतीलाई भने । श्रीमतीले उपचार गराउन कर गरेपछि चिकित्सकहाँ पुग्दा थाहा भयो दोस्रो चरणको क्यान्सर भएको रहेछ। तत्कालै शल्यक्रिया गरेकाले अहिले उनि काममा फर्कन थालेका छन् । महिलामा बढी देखापर्ने स्तन क्यान्सर पछिल्लो समय पुरुषमा पनि देखा पर्न थालेको छ । गतवर्ष भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउन आएका पुरुषमध्ये ६ जनामा स्तन क्यान्सर देखिएको छ । यो संख्या अघिल्लो वर्ष ३ थियो । स्तन क्यान्सर हुने १ सयजना महिलाको अनुपातमा १ जना पुरुषमा यो समस्या देखिने विशेषज्ञ बताउँछन् । स्तन क्यान्सर महिलालाई मात्र हुन्छ भनी आफ्नो स्तनमा देखापर्ने गिर्खोलाई पुरुषले सामान्य मान्नु हुँदैन । तत्काल उपचार नगराए अन्यथा क्यान्सर फैलिने जोखिम हुन्छ । कान्तिपुर दैनिक
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
पुरुष स्वास्थ्य
नेपालमै सुरु हुँदै कार–टी सेल थेरापीः क्यान्सर उपचारमा नेपालको ऐतिहासिक फड्को
आइतबार, असार २८, २०८३
भक्तपुर क्यान्सर अस्पतालमै तीन दिनभित्र बायोप्सीदेखि आईएचसीसम्मको रिपोर्ट
शुक्रबार, असार १२, २०८३
मधेश प्रदेशमा भक्तपुर क्यान्सर हस्पिटलद्धारा पाठेघरको मुख र स्तन क्यान्सर स्क्रिनिङ
सोमबार, वैशाख २८, २०८३
नेपालमा क्यान्सरको वास्तविक चित्र
मंगलबार, वैशाख २२, २०८३
क्यान्सर पर्खालभित्रको मानवीय कथा
मंगलबार, वैशाख २२, २०८३ट्रेन्डिङ
६
