बे्रन ट्युमरबाट ग्रसित एक बालकलाई प्रवासीले आर्थिक सहयोग गरेका छन् ।स्याङ्जाको पुतलीबजार नगरपालिका–११ बगाल्थोकका १० वर्षीय बालक सुसन लामिछानेलाई रु एक लाख १० हजार उपचारका लागि सहयोग गरिएको हो ।
स्याङ्जा तथा अन्य जिल्लाबाट कोरियाको इक्सान क्षेत्रमा कार्यरत नेपालीबाट आर्थिक सङ्कलन गरिएको पहलकर्ता विवेक अर्यालले बताउनुभयो ।
विसं २०७१ भदौदेखि सुसनलाई ब्रेन ट्युमरको समस्या देखा परेको थियो । परिवारले सुसनको उपचारका लागि अहिलेसम्म लाखौँ रुपैयाँ खर्च गरिसकेको छ ।
“बालकका लागि उपचार गरिरहनु पर्ने भएकाले आर्थिक व्यवस्थापनमा कठिनाइ भइरहेको छ” सुसनका बुबा शर्मानन्द लामिछानेले भन्नुभयो, “मेरो छोराको उपचारका लागि आर्थिक सहयोग गर्नुभएकोमा प्रवासीप्रति आभारी छु, उहाँहरुले प्रदान गर्नुभएको रकमले मेरो छोराको उपचारमा सहजता हुनेछ ।” रासस
प्रकाशित मिति: मंगलबार, असार ६, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
