हिपको अपर क्वार्टर बोन अर्थात् माथिल्लो भागको हड्डी भाँच्चिनुलाई हिप फ्याक्चर भएको भनिन्छ । जुन खुट्टाको हाडको जोर्नी भाँच्चिनु हो । जसले गर्दा खुट्टा चलाउन नमिल्ने र बस्न गाह्रो हुने समस्या हुन्छ । नेक अफ फ्युमर फ्याक्चर, परट्रोेयान्ट्रिक र सबट्रोयान्ट्रिक गरी हिप फ्याक्चर तीन किसिमका हुन्छन् । यो उमेरअनुसार फरक–फरक हुने गर्छ । हिप फ्याक्चर बच्चा र वयस्कमा फरक–फरक किसिमले हुने गर्छ । सामान्यतया, सवारी दुर्घटना, अग्लो स्थानबाट खस्दा, चिप्लिएर लड्दा आदि कारण हिप फ्याक्चर हुन सक्छ ।- हिप फ्याक्चर हुनुको अर्को प्रमुख कारण प्याथोलोजिकल फ्याक्चर पनि हो । यदि कुनै व्यक्तिमा पहिलेदेखि नै हड्डी कमजोर हुने समस्या भएमा सानो चोटपटकबाट पनि हिप फ्याक्चर हुने गर्छ । क्याल्सियमको कमीबाट हड्डी कमजोर हुनु र रगत तथा आन्द्राको क्यान्सर फैलिएर हड्डीमा पुगेको अवस्थामासमेत फ्याक्चर हुने सम्भावना रहन्छ ।
- त्यस्तै, ओस्टियोपोरोसिसको समस्या भएका वयस्क मानिसमा पनि हिप फ्याक्चर हुने सम्भावना प्रबल रहन्छ ।
- हिपको हड्डी चोटपटकबाट भाँच्चिदा अत्यधिक दुखाइ हुने गर्छ । हिप फ्याक्चर भइसकेपछि उभिन वा खुट्टा टेकाउन गाह्रोे हुने गर्छ ।
- हिप फ्याक्चरको उपचार एकदमै जटिल हुने गर्छ । त्यसैले, दुर्घटनामा पर्नेबित्तिकै सबैभन्दा पहिला टाउको, छाती र पेटमा चोटपटक लागे/नलागेको यकिन गर्नुपर्छ ।
- हिप फ्याक्चरको उपचार एकदमै जटिल हुने गर्छ । त्यसैले, दुर्घटनामा पर्नेबित्तिकै सबैभन्दा पहिला टाउको, छाती र पेटमा चोटपटक लागे÷नलागेको यकिन गर्नुपर्छ । यदि, शरीरका अन्य भागमा चोटपटक लागेमा उपचारमा सजगता अपनाउन जरुरी हुन्छ ।
- हिप फ्याक्चरको उपचार शल्यक्रियाबाट मात्र सम्भव हुन्छ । जति छिटो शल्यक्रिया गर्न सक्यो त्यति नै प्रभावकारी हुन्छ । शल्यक्रिया गर्दा ज्यान नै जोखिममा पर्ने स्थिति आए मात्र अन्य विधि अपनाइन्छ, जुन एकदम थोरैमा मात्र लागू हुन्छ ।
- भाँच्चिएको हड्डीलाई जोड्न मद्दत पु-याउन नहल्लिने गरी एक ठाउँमा जोडिन्छ । यद्यपि, हड्डीको अवस्था, चोटको प्रकृति र उमेरअनुसार यो फरक हुने गर्छ । शल्यक्रियाको माध्यमबाट स्क्रु, रड र प्लेटको प्रयोग गरिन्छ ।
- हिपको हड्डीको उपचार जोखिमपूर्ण हुने गर्छ । खासगरी उचित हेरचाह नभएमा हड्डीको अवस्था बिग्रने सम्भावना एकदमै धेरै हुन्छ । शल्यक्रियापश्चात् बच्चाहरूमा ओस्टियो नेक्रोसिस हुन सक्छ । जसले अत्यधिक दुखाइ उत्पन्न गराउँछ । त्यस्तै, ज्वरो आउने, पिडौँला सुन्निने र चलाउँदा दुख्नेजस्ता समस्या हुन्छ ।
- हड्डी गलत ठाउँमा जोडिएर हिप नै बांगो हुन सक्छ । एलएलडी अर्थात् अर्को खुट्टाको तुलनामा भाँच्चिएको खुट्टा सानो हुने सम्भावना हुन्छ । कतिपयमा शल्यक्रियापश्चात् पनि जोर्नी नजोडिने, प्लेट भाँच्चिने, संक्रमण हुने, डिभिटी अर्थात् खुट्टाको रक्तनलीमा रगत जम्ने हुन्छ । यस्तो अवस्था आए उपचारपछि पनि निको हुँदैन । तसर्थ, चिकित्सकको सल्लाहमा पैताला चलाइराख्ने, वैशाखीको सहाराले हिँडडुल गर्ने तथा पैतालादेखि माथिसम्मको मोजा लगाउने गर्नुपर्छ । जसले गर्दा जोर्नी जोडिन सजिलो हुन्छ ।नयाँपत्रिकाबाट
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
