सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम यहाँ पनि सुरू भएको छ ।बिमा कार्यक्रममा पाँच जनाको परिवारले वार्षिक रू दुई हजार ५०० बिमा शुल्क भुक्तानी गरेपछि रू ५० हजारसम्मको उपचार सेवा पाउने गरी कार्यक्रम सुरु भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले जानकारी दिनुभयो ।
पाँचभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रू ४२५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको रू १० हजार उपचार सेवा थपिने व्यवस्था गरिएको छ । पाँच जनासम्मका लागि रू ५० हजार अनिवार्य तथा कार्यक्रमको अधिकतम सीमा रू एक लाख निर्धारण गरिएको छ । सरकारले निःशुल्क तोकेका औषधोपचार सेवा भने यसमा समावेश नहुने उहाँले जानकारी दिनुभयो । स्वास्थ्य बिमा गर्नेले हाललाई भक्तपुरका छ स्वास्थ्य संस्थाबाट सेवा पाउने व्यवस्था गरिएको छ ।
बिमा गर्नेले भक्तपुर अस्पताल, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र, मध्यपुरथिमि नगरपालिकाको व्यवस्थापनमा सञ्चालित नेपाल कोरिया मैत्री अस्पताल, चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र र सूर्यविनायक नगरपालिकास्थित दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बिमा गरेकाहरुले उपचार सेवा पाउने भएका छन् ।
आव २०७२/७३ मा कैलाली, बागलुङ र इलामबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रम अब भक्तपुरसँंगै चितवन, जुम्ला र तनहुँमा सञ्चालनमा आएको छ । यही असारदेखि जाजरकोट, मकवानपुर र गोरखामा पनि कार्यक्रम सुरू गर्ने तयारी गरिएको जानकारी दिनुभयो । रासस
प्रकाशित मिति: मंगलबार, असार ६, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
