- अधिकांशमा वंशाणुगत गुणका कारण दाँत बांगोटिंगो हुने गर्छ । त्यस्तै, गर्भावस्थामा कुपोषण, सरुवा रोग, हार्मोनल असन्तुलन, दुर्घटना आदि हुँदा पनि बच्चामा जन्मजात अर्थोडोन्टिकको समस्या हुन सक्छ ।
- बच्चाहरूमा औंला चुसिरहने बानी, जिब्रो बाहिर भित्र ल्याउने र अन्य चोटपटकबाट पनि अर्थोडोन्टिकको समस्या हुन सक्छ ।
- दाँत झर्ने तथा उम्रने समयमा बढी अन्तर भएमा, दाँत र गिजासम्बन्धी रोग लागेमा, कुपोषण, दाँतको संख्यामा तलमाथि हुँदासमेत दाँत बांगोटिंगो हुने गर्छ ।
- पछिल्लो समय नमिलेको तथा बांगोटिंगो दाँतको उपचार गराउनेको संख्या बढेको छ । जुन आवश्यक पनि हुन्छ, बांगो दात भएमा सफा गर्न गाह्रो हुने, दाँतमा किरा लाग्ने, गिजामा समस्या हुने तथा उछिट्टिएको दाँतमा चोटपटक लाग्ने डर रहन्छ ।
- त्यस्तै, खाना चपाउन र बोल्न गाह्रो हुने र अनुहार असुहाउँदो देखिनेजस्ता समस्या हुन्छन् । यसको समाधानका लागि अर्थोडोन्टिक उपचारको आवश्यकता पर्छ ।
- दाँत बांगोटिंगो भएमा सफा गर्न गाह्रो हुने, किरा लाग्ने, गिजामा समस्या हुने तथा उछिट्टिएको दाँतमा चोटपटक लाग्ने डर हुन्छ ।
- दाँतको प्रकृति हेरेर त्यहाँ रिमुभेबल र फिक्स्ड ब्रेसेज राखेर उपचार गरिन्छ । विशेषगरी, फिक्स्ड भित्र मेटलको ब्रेसेज, दाँतको रङ कम देखिने सेरामिक ब्रेसेज, दाँतको पछाडिबाट राखिने लिंगुअल ब्रेसेजको प्रयोग गरेर उपचार गर्न सकिन्छ । यदि, दाँत धेरै नै बांगोटिंगो भएमा अर्थोग्न्याथिक सर्जरी गर्नुपर्ने हुन्छ ।
- पछिल्लो समय नेपालमा एलाइनर पद्धतिबाट पनि उपचार गरिन्छ । ब्रेसेजको प्रयोग नगरिने भएकाले अरू उपचार विधिभन्दा यो निकै सजिलो हुन्छ । खानेकुरा अड्किने डर हुँदैन, बाहिर देखिँदैन, सुरुकोे अवस्थाको दाँत हेरेर उपचार पछि कस्तो हुन्छ भनेर थाहा पाउन सकिन्छ । अन्य उपचारजस्तो समय–समयमा चिकित्सकलाई भेटिरहनुपर्ने पनि हुँदैन । दाँतलाई स्क्यान गरेर उपचार गरिने भएकाले एलाइनर उपचार पद्धति प्रभावकारी हुन्छ । तर, यो विधि अन्यको तुलनामा महँगो पर्छ ।
- सम्बन्धित विशेषज्ञसँग मात्रै अर्थोडोन्टिक उपचार गराउनुपर्छ । दाँतको अवस्थाको परीक्षण गरेर एक्सरे, दाँतको नाप, मुखबाहिर र भित्रका तस्बिर लिएर दाँतको जटिलताको आधारमा उपचार सुरु गरिन्छ ।
- यदि, बच्चैदेखि अनुहारको हड्डीमा र दाँतमा समस्या भएमा ९ देखि १३ वर्षसम्मको उमेरमा उपचार गराउनुपर्छ । दाँतको प्रकृति हेरेर उपचारको अवधि १ देखि २ वर्षसम्म लाग्छ ।
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
