काठमाडौँ स्थित बालमन्दिरका अनाथ शिशुहरूलाई केही स्वयंसेवी आमाले दैनिकजसो स्तनपान गराउने गरेका छन् । यसअघि विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका अनाथ शिशुले बोतलको दुधमात्रै खान पाउँथे। बालमन्दिरको ५० वर्षको इतिहासमा पहिलोपटक ‘स्तनपान कार्यक्रम’ गत फागुन २० गतेबाट सुरु भएको हो ।
‘मैले सुरुमा दुध खुवाएको यहि बच्चाको हो ।’ बच्चालाई च्याप्दै स्वंयमसेवी आमा अनिता कुमपाखाले भन्छिन् —‘उसको नाम प्रमिश हो । मलाइ एकजना साथिले उसले दुध खाँदा नाकबाट निस्किन्छ । यदि यस्तो बच्चाले आमाको दुध खान पायो भने दन्दुरुस्त हुन्छ भन्नुभयो त्यसपछि म आएँ ।’
त्यसैगरि अर्की स्वंयमसेवी आमा सानु नगरकोटी भन्छिन् —‘सुरुमा आउदा त कस्तो लुरो थियो । डरलाग्दो देखिन्थ्यो । तर अहिले दरिलो भएको छ । खाइलाग्दो देखिन्छ ।’ उनले मुस्कुराउदै भनिन् —‘अहिले त आफ्नै बच्चा जस्तो लाग्छ । एकदमै माया लाग्छ । मेरो अनुहार हेर्दै हाँस्छ ।’
स्तनपान कार्यक्रम सञ्चालनमा आएपछि बालमन्दिरमा प्रमिशले जस्तै अन्य १५ जना शिशुहरुले आमाको दूध खान पाएका छन् ।
यि स्वंयमसेवी आमाहरु दैनिक टाढाबाट स्तनपान गराउन बाल मन्दिर आउछन् । सानु नगरकोटी आफ्नो ४ महिनाको बच्चा बोकेर सुन्दरिजल देखि आउछिन् । उनी बच्चालाई स्तनपान गराएर दिउसो ३/४ बजे तिर घर फर्किन्छिन् । नगरकोटी भन्छिन् —‘आफ्नो खेर गइरहेको दुध उनीहरुले खान पाउदा आफुलाई खुशि लाग्छ ।’ केहि स्वंयमसेवी आमाले यि बच्चाहरुलाई बोतलमै दुध पठाउछन् । बालमन्दिरमा यसरी स्वयंसेवी भावले स्तनपान गराउन आउने आमा निश्चित समयका लागि भएकोले बालमन्दिरले थप आमाहरूको खोजी वडा कार्यालयमार्फत् पनि गरिरहेको छ ।बीबीसीनेपालीबाट
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
