- सामान्यतया बिरामीको अवस्था हेरेर २४ देखि ७२ घन्टासम्म (अवलोकन समय) आइसियूमा राख्न सकिन्छ । हेमोडाइनामिक कन्डिसन अर्थात् सबै अंगले राम्रो काम गरेको अवस्थामा आइसियूबाट जनरल वार्डमा सार्न सकिन्छ ।
- शरीरका प्रमुख अंगः मुटु, फोक्सो, मिर्गाैला, कलेजोमा गम्भीर समस्या भएमा आइसियूमा राखिन्छ । फोक्सोमा अक्सिजनको मात्रा कम भएमा बाह्य स्रोतबाट अक्सिजन प्रदान गरिन्छ । बिरामीलाई अवस्था हेरेर १२ देखि १४ लिटरसम्म दिन सकिन्छ । त्यति गर्दा पनि शरीरमा अक्सिजनको मात्रा कम भएमा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।
- मुटुको चालमा हुने गडबडी, टाउकोमा लागेको चोटको कारण होस गुमाउन सक्ने अवस्था भएमा, शरीरमा दुर्घटनाबाट लागेको चोट, शरीरबाट बढी रगत बगेमा वा प्रेसर नियन्त्रण नभएमा आइसियूको आवश्यकता पर्छ ।
आइसियूमा राखिने बिरामी निको हुने सम्भावना एकदम कम हुन्छ भन्ने आमधारणा पनि छ । तर, अन्तर्राष्ट्रिय तथ्यांकअनुसार आइसियूमा उपचार गरिएका बिरामीमध्ये ७० बिरामी पूर्ण रूपमा निको भएका छन् ।कतिवेला निकालिन्छ ?
- अंगहरूले आफ्नै ढंगले काम गर्न सकेमा आइसियूबाट बिरामीलाई बाहिर निकाल्न सकिन्छ । अर्थात् अक्सिजनको मात्रा सहज परिपूर्ति, औषधिको प्रयोगविना नै रक्तचाप सही भएमा, पिसाब सजिलैसँग बनेमा, मुटुको चाल सामान्य भएमा बिरामीको पूर्ण जाँच गरी आइसियूबाट निकालिन्छ । यसैगरी, सेप्सिस पूर्ण रूपमा निको भएमा (कुनै अंगमा भएको संक्रमण रगतको माध्यमबाट अन्य अंगमा सर्ने रोगलाई सेप्सिस भनिन्छ । जसले बिरामीको शरीरमा एकैचोटि सबै अंगमा असर पु-याउँछ ।) आइसियूबाट बाहिर निकाल्न सकिन्छ ।
- गम्भीर खालका बिरामीलाई मात्र आइसियूमा राखिने भएकाले बिरामी निको हुने सम्भावना एकदम कम हुन्छ भन्ने आमधारणा पनि छ । तर, यो गलत हो । अन्तर्राष्ट्रिय तथ्यांकअनुसार आइसियूमा उपचार गरेका बिरामीमा ७० प्रतिशत बिरामी पूर्ण रूपमा निको भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
टेक्नोलोजी अफ हेल्थ
लुम्बिनी प्राविधिक विश्वविद्यालय पूर्वाधार अभावको चक्रमा
सोमबार, जेठ १८, २०८३
ओम सर्जिकल कन्सर्नलाई मेडिका कर्पोरेसन अमेरिकाको सम्मान
बिहीबार, वैशाख १७, २०८३


