- सामान्यतया बिरामीको अवस्था हेरेर २४ देखि ७२ घन्टासम्म (अवलोकन समय) आइसियूमा राख्न सकिन्छ । हेमोडाइनामिक कन्डिसन अर्थात् सबै अंगले राम्रो काम गरेको अवस्थामा आइसियूबाट जनरल वार्डमा सार्न सकिन्छ ।
- शरीरका प्रमुख अंगः मुटु, फोक्सो, मिर्गाैला, कलेजोमा गम्भीर समस्या भएमा आइसियूमा राखिन्छ । फोक्सोमा अक्सिजनको मात्रा कम भएमा बाह्य स्रोतबाट अक्सिजन प्रदान गरिन्छ । बिरामीलाई अवस्था हेरेर १२ देखि १४ लिटरसम्म दिन सकिन्छ । त्यति गर्दा पनि शरीरमा अक्सिजनको मात्रा कम भएमा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।
- मुटुको चालमा हुने गडबडी, टाउकोमा लागेको चोटको कारण होस गुमाउन सक्ने अवस्था भएमा, शरीरमा दुर्घटनाबाट लागेको चोट, शरीरबाट बढी रगत बगेमा वा प्रेसर नियन्त्रण नभएमा आइसियूको आवश्यकता पर्छ ।
आइसियूमा राखिने बिरामी निको हुने सम्भावना एकदम कम हुन्छ भन्ने आमधारणा पनि छ । तर, अन्तर्राष्ट्रिय तथ्यांकअनुसार आइसियूमा उपचार गरिएका बिरामीमध्ये ७० बिरामी पूर्ण रूपमा निको भएका छन् ।कतिवेला निकालिन्छ ?
- अंगहरूले आफ्नै ढंगले काम गर्न सकेमा आइसियूबाट बिरामीलाई बाहिर निकाल्न सकिन्छ । अर्थात् अक्सिजनको मात्रा सहज परिपूर्ति, औषधिको प्रयोगविना नै रक्तचाप सही भएमा, पिसाब सजिलैसँग बनेमा, मुटुको चाल सामान्य भएमा बिरामीको पूर्ण जाँच गरी आइसियूबाट निकालिन्छ । यसैगरी, सेप्सिस पूर्ण रूपमा निको भएमा (कुनै अंगमा भएको संक्रमण रगतको माध्यमबाट अन्य अंगमा सर्ने रोगलाई सेप्सिस भनिन्छ । जसले बिरामीको शरीरमा एकैचोटि सबै अंगमा असर पु-याउँछ ।) आइसियूबाट बाहिर निकाल्न सकिन्छ ।
- गम्भीर खालका बिरामीलाई मात्र आइसियूमा राखिने भएकाले बिरामी निको हुने सम्भावना एकदम कम हुन्छ भन्ने आमधारणा पनि छ । तर, यो गलत हो । अन्तर्राष्ट्रिय तथ्यांकअनुसार आइसियूमा उपचार गरेका बिरामीमा ७० प्रतिशत बिरामी पूर्ण रूपमा निको भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
टेक्नोलोजी अफ हेल्थ
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यसेवा बदल्ने सपनाः वंशीराम श्रेष्ठको दृष्टिबाट सुरु भएको यात्रा
सोमबार, जेठ २६, २०८२
अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि
सोमबार, चैत २५, २०८१ट्रेन्डिङ

