भीमदत्त नगरपालिकाले महाकाली अञ्चल अस्पतालको शवगृहलाई व्यवस्थित बनाउन मर्करी चेम्बर उपलब्ध गराएको छ ।नगरपालिका कार्यालय र नगरपालिकाको वडा नं ८ ले रु पाँच–पाँच लाखका दरले रकम विनियोजन गरी दुई मर्करी चेम्बर उपलब्ध गराएको हो । अस्पतालको शवगृहमा मर्करी चेम्बरको व्यवस्था भएपछि शवलाई सहज रूपमा राख्न सजिलो भएको छ । मर्करी चेम्बरको व्यवस्था नहुँदा शवगृहमा राखिएका शव गन्हाउने र त्यस क्षेत्र नजिक भएर हिँडनसमेत मुस्किल हुने गरेको थियो ।
“शव कुहिने र गन्हाउने समस्या निराकरण गर्नका लागि मर्करी चेम्बरको व्यवस्था गरिएको छ”, नगरप्रमुख सुरेन्द्र विष्टले भने । निर्वाचनका बेला अस्पताल सुधारका लागि कार्य गर्ने प्रतिबद्धताअनुरुप कार्य गरिएको उनले बताए । अझै अस्पताल सुधारका लागि नगरपालिकाले सक्दो सहयोग उपलव्ध गराउने उनको भनाइ छ । रासस
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५

