न्यूजील्यान्डका सभामुखले संसद्मा छलफल भइरहँदा एकजना सांसदको शिशुलाई आफ्नो काखमा लिएर बोतलको दूध खुवाएका छन् ।
बच्चा जन्मिएपछि केही समय बिदामा बसेका ती पुरुष सांसद बच्चा लिएरै छलफलमा सहभागी हुन संसद्मा गएका थिए। सभामुख ट्रेभर मालार्डले एक सांसदलाई छलफलमा भाग लिनु सजिलो होस भनेर बोकिदिएका थिए । शिशुका पिता तामती कोफे हुन् । उनले पुरुषसँगै विवाह गरेका छन् । सो पुरुष जोडीले सारोगेट आमा प्रयोग गरेर छोरा जन्माएको हुन् । न्युजील्यान्डकी प्रधानमन्त्री पनि हालै एक सन्तानकी आमा बनेकी हुन । गत सेप्टेम्बरमा जेसिन्डा आर्डन संयुक्त राष्ट्रसंघ गएकी थिइन । उनका श्रीमान् र छोरीपनि सँगै थिए ।
कार्यस्थललाई बालबालिकामैत्री बनाउने विषय अहिले लोकप्रिय बन्दैछ । अष्ट्रेलियाकी एक सांसदले गत वर्ष यो सन्देशलाई बल दिएकी थिइन् । लरिसा वाटर्सले सांसदमा बहस भइरहँदा आफ्नो शिशुलाई स्तनपान गराएकी थिइन् । बीबीसी
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
