लिन्जी ब्रोमफील्डले सन् २००५ मा स्तन प्रत्यारोपण गरिन् तर पछि उनलाई प्रत्यारोपणसँग सम्बन्धित क्यान्सर भयो[/caption]
स्तन प्रत्यारोपणसँग सम्बन्धित एक किसिमको दुर्लभ क्यान्सर देखा परेका महिलाहरूको एउटा समूहले सरोकारवालाविरुद्ध कानुनी सङ्घर्ष थालेका छन्। क्षतिपूर्तिको माग गर्दै उक्त समूहले औषधि कम्पनी र त्यहाँका चिकित्सकविरुद्ध मुद्दा हाल्न लागेका हुन्।
अहिलेसम्म विश्वभरि स्तन प्रत्यारोपणसँग सम्बन्धित एनाप्लाप्टिक लार्ज सेल लिम्फोमा (बीआईए-एएलसीएल) क्यान्सरका पाँच सय ७३ बिरामी भेटिइसकेको पुष्टि भएको छ। तीमध्ये ३३ महिलाको मृत्यु भइसकेको छ। अहिले भने यूकेमा २० जना महिलाले कानुनी उपचार खोज्न लागेका हुन्। प्लास्टिक सर्जरीकी एक अग्रणी चिकित्सकले महिलाहरूलाई "प्रयोगको विषय" जस्तो रूपमा हेरिएको बताइन्। एउटा उत्पादकले विश्वव्यापी रूपमा प्रत्यारोपणमा देखिएको त्यस्तो समस्या देखाउन आह्वान गरेको छ। यूकेस्थित चिकित्सा उपकरणको एउटा नियामक निकाय मेडिसिन्स एन्ड हेल्थकेअर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले प्रभावित महिलाहरूको तथ्याङ्क अहिले सङ्कलन गरिरहेको छ। उक्त निकायले सबै खालका प्रत्यारोपण हेरी २४ हजार प्रत्यारोपणमध्ये एक जनामा त्यस्तो खतरा हुने आकलन गरेको छ। यूकेमा मात्रै प्रत्येक वर्ष दशौँ हजार जनाले स्तन प्रत्यारोपण गर्ने गरेको बताइन्छ। खासगरी त्यस्ता प्रत्यारोपण निजी क्लिनिकमा हुने गर्छन्।'अब मर्दैछु भनेर म चिन्तित थिएँ'
प्रत्यारोपणमा प्रयोग हुने इम्प्लान्टका उत्पादकविरुद्ध मुद्दा हाल्न लागेकी एक महिला हुन्, ५० वर्षीया लिन्जी ब्रोमफील्ड। उनले सन् २००५ मा स्तन ठूलो बनाउन गोप्य रूपमा पैसा बुझाइन्। दुई सन्तान भइसकेपछि उनी आफ्नो ब्राको नाप 'बी'बाट 'डी' बनाउन चाहन्थिन्। उनी त्यसरी स्तन ठूलो बनाएकामा निकै सन्तुष्ट थिइन्। तर त्यसरी स्तनको आकार ठूलो बनाएको १३ वर्षपछि ब्रा लगाउनै नसकिनेगरी बायाँ स्तन सुन्निएको उनले थाहा पाइन्। एनएजएस अस्पतालमा उपचारका क्रममा उनको स्तनबाट पीपजस्तो पदार्थ बग्यो र पछि उनमा प्रत्यारोपणसँग सम्बन्धित लिम्फोमा क्यान्सर भएको थाहा भयो। "म धेरै रोएँ। म आक्रोशित भए र मेरो चित्त पनि दुख्यो। मैले त्यो सत्यलाई सुरुमा स्वीकार्नै सकिनँ। म मर्दैछु भनेर साँच्चै चिन्तित भएँ।" "मलाई लाग्छ त्यो क्यान्सर शब्द सुनेपछि 'के म मर्दैछु? भन्ने लाग्ने रहेछ।" त्यतिबेलै उनमा गरिएको प्रत्यारोपण हटाइयो र त्यसयता उनी उक्त रोगबाट मुक्त छिन्। यद्यपि अन्य महिलाहरूले त किमोथेरापी र अन्य थप उपचारमा जानुपर्यो।प्रत्यारोपणसम्बन्धी लिम्फोमा भनेको के हो?
यो स्तन क्यान्सरको कुनै एउटा प्रकार नभई रोगसँग लड्ने क्षमतासम्बन्धी प्रणालीको क्यान्सर हो। र, यो दुर्लभ प्रकारको क्यान्सर मानिन्छ। एमएचआरएका लागि क्यान्सरका बिरामीहरूको अनुगमन गर्ने सल्लाहकार समूहका प्रमुख पनि रहेका प्लास्टिक सर्जन नाइजल मर्सरले भने, "यस्तै खालको प्रत्यारोपण हुन थालेको करिब ३० वर्ष भयो, तर हामीले यस्तो खालको रोग हालसालै मात्र देखेका हौँ। त्यसैले यो साँच्चै नै नयाँ रोगजस्तो देखिएको छ।" प्राय: क्यान्सरको कोशिका घाउ भएको तन्तुनजिकै र पीपजस्तो पदार्थ प्रत्यारोपण गरिएको ठाउँनजिकै पाइन्छ तर थोरै घटनामा मात्रै तिनीहरू फैलन्छन्। छिट्टै पत्ता लागे प्रत्यारोपित इम्प्लान्ट हटाएपछि लिम्फोमा निको हुन्छ। स्तन प्रत्यारोपण गरेको तीन देखि १४ वर्षसम्ममा समस्याहरू देखिएका छन्। यो प्रकृतिको लिम्फोमा क्यान्सर कसरी हुन्छ भन्नेमा चिकित्सकहरू स्पष्ट छैनन्। तर वैज्ञानिकहरू चाहिँ प्रत्यारोपण गरिएको सतहमा हुने सङ्क्रमणका कारण हुन सक्ने ठान्छन्।के भन्छन् शल्यचिकित्सकहरू?
लिन्जीका शल्यचिकित्सक प्राध्यापक जेम्स फ्रेम उनको अवस्था देखेर चकित भएका थिए। एसेक्सस्थित चेल्मस्फोर्डमा कार्यरत उनले गरेका ३० हजारभन्दा बढी स्तनको शल्यचिकित्सामा उनले त्यस्तो रोग लिन्जीमा मात्र देखेका थिए। उनले विभिन्न खालका स्तन प्रत्यारोपणसँग जोडिएका सम्भावित खतराबारे शल्यचिकित्सकहरूसँग पर्याप्त सूचना नभएको बताए। "जसले सेवा दिइरहेका छन् उनीहरूसँग यसबारे बलियो जानकारीहरू हुन आवश्यक छ। यसबारे यूकेको अनुसन्धान भयानक छ।"
लिन्जीका शल्यचिकित्सक प्राध्यापक फ्रेम[/caption]
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ
