सर्बोच्च अदालतले भक्तपुर क्यान्सर अस्पतालको सञ्चालन पूर्ववत् रुपमा क्यान्सर अस्पताल व्यवस्थापन समितिबाट सञ्चालन गर्नु भन्दै समितिको कार्यमा कुनै अवरोध नपु¥याउन विपक्षीको नाममा अन्तरिम आदेश दिएको छ । साथै भक्तपुर नगरपालिकाका नगरप्रमुखको अध्यक्षतामा गठिन अस्पताल व्यवस्थापन समितिको कुनै कानुनी आधार नभएको र सो समितिले अस्पताल व्यवस्थापनसम्बन्धि कुनै पनि काम नगर्न आदेशमा भनिएको छ ।
साथै सर्बोच्चको आदेशमा विपक्षीको नाममा आदेश जारी हुन नपर्ने भए आधार र कारणसहित आदेश प्राप्त भएको मितिले १५ दिनभित्र विपक्षी आफैं वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नसमेत भनिएको छ ।
सर्बोच्चको आदेशमा भनिएको छ—‘अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा, भक्तपुर क्यान्सर अस्पताल नेपाल अर्बुद रोग निवारण संस्था विधान २०३९ (आठौं संशोधन) अन्तर्गत केही सामाजिक व्यक्तिहरुद्धारा सञ्चालन भइरहेकोमा भक्तपुर नगरपालिका कार्यालयको मिति २०७५।०४।३० गते बसेको उक्त नगरपालिकाको कार्यपालिका बैठकद्धारा मेयरको अध्यक्षतामा गठीत कार्यालयको च. नं.२१४ मिति ०७६।०४।३० को पत्रमा उक्त व्यवस्थापन समिति गठन हुँदा उक्त अस्पतालको सञ्चालन पूर्ववत् रुपमा क्यान्सर अस्पताल व्यवस्थापन समितिबाट नै हुन दिई सो समितिको कार्यमा कुनै अवरोध नगर्न एवं मिति ०७६।०४।३० मा नगर प्रमुखको अध्यक्ष्तामा गठन गरिएको भनिएको अस्पताल व्यवस्थापन समितिले कुनै काम नगरी सर्बोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम तत्काल यथास्थितिमा राखी यस सम्बन्धि निर्णयका कागजात भएका फाइलसहित छलफलको लागि मिति २०७६।०५।१६ गतेको पेसी तोकी उपस्थित हुनु भनी विपक्षीहरुलाई म्याद सूचना जारी गरी हाजिर भए वा गुजारेपछि निमानुसार पेस गर्नु’ ।
भक्तपुर क्यान्सर हस्पिटलको पूर्ववत् व्यवस्थापन समितिले भक्तपुर नगरपालिका, नगरप्रमुख सुनिल प्रजापति, वडाअध्यक्षहरु, हस्पिटलका मेडिकल डाइरेक्टर ऋषिकेश नारायण श्रेष्ठ गरी ८ जनाबिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दायर गरेको थियो । नयाँ बनेको अस्पताल व्यवस्थापन समिति अवैधानिक भएको र कानुनी राज्यमा संस्थाको अस्तित्व मेट्न खोजेको भन्दै मौजिदा हस्पिटल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (इश्वर) लगायत समितिका सातै जनाले उनीहरुबिरुद्ध मुद्धा दायर गरेका थिए ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. ऋषीकेष नारायण श्रेष्ठलगायत अस्पतालका कर्मचारीहरुले अस्पतालमा नैतिक भ्रष्ट्राचार गरेको गुनासो बाहिर ल्याएपछि जहानिया राणाशासन शैलीमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ अस्पताल व्यवस्थापन समिति गठन गरेको थियो । यसलाई राजनीतिक हस्तक्षेपको संज्ञा दिएको थियो । नेपाल अर्बुद रोग निवारण संस्थाद्धारा सञ्चालित भक्तपुर क्यान्सर हस्पिटल सामुदायिक, गैर सरकारी, गैर नाफामुलक, पब्लिक प्राइभेट पार्टनरसिपका रुपमा व्यवस्थापन गर्न सफल एउटा नमुना च्यारिटी अस्पताल हो ।
प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
जनस्वास्थ्य वहस
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

