संसारभरि मानिसहरूको आयु लम्बिँदै गएपछि विस्मृति अर्थात् बिर्सने रोग भएका मानिसको संख्या पनि बढ्दै गएको छ ।
यूकेमा एउटा समूहले त्यस्ता बिर्सिने रोग रोग लागेका मानिसलाई लक्षित गरि घरको नयाँ डिजाइन बनाएको छ ।
यो घर खुल्ला ढाँचामा बनाइएकाले हिडडुल गर्न सजिलो हुन्छ ।
घरको भ¥याङ्का ओछ्याइएका कार्पेटहरु हल्का रङ्गका छन् । किनभने गाढा रङ्गले खाडलजस्तो भान पार्न सक्छ । असाध्यै गर्मि हुदाँ झ्यालहरु स्वाचालित रुपमा खुल्छन् । उनीहरुले नबिर्सिउन भनेर प्लगको सकेट माथितिर राखिएका छन् । लफ्बर विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार वैज्ञानिक अनुसन्धानमा आधारित भएर डिजाइनमा परिवर्तन गरिएको हो । यस्तो रङ्गरोेगनले मानिसलाई शान्त बन्न र स्पष्ट देख्न सहयोग पु¥याउँछन् । पर्याप्त प्राकृतिक प्रकाशले जैविक घडीलाई नियमित बनाउँछ । बिर्सने रोग लागेका मानिसमा यो सिस्टम बिग्रिएको हुन्छ ।
बिर्सिने रोगले मानिसलाई धेरै प्रभावित बनाएको हुन्छ । बिर्सर्ने रोग लागेको मानिसलाई यो घरले उपयोगी हुने अनुसन्धानकर्ताको भनाइ छ । बिरामीको रेखदेखमा लाग्ने रकम जोगिन सक्छ र उनीहरु घरमै लामो समय बस्न सक्छन् । बीबीसी
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

