उकुसमुकुस सहरी जीवन, त्यसमा पनि व्यस्तता, व्यायाम गर्ने उचित ठाउँको अभाव, यस्तै विविध कारणले मानिस मोटोपनको सिकार भएका छन् । यस्तो समयबाट मुक्ति पाउन पछिल्लो समय युवाहरू जिमतिर आकर्षित भएका छन् । विशेषगरी, सहरी युवा एकाबिहानै जिम क्लबमा भेटिन्छन् । शरीर सुगठित बनाउन मात्र नभएर स्वस्थ रहनसमेत जिमको आवश्यकता महसुस हुन थालेको छ । हुन पनि नियमित जिम गर्ने हो भने यसका धेरै फाइदा छन् ।
फाइदा -जिमले शरीरलाई सुगठित बनाउनु त छँदै छ, शारीरिक र मानसिक स्वास्थ्यमा समेत यसले फाइदा पु-याउँछ । -नियमित जिम गर्दा शरीर सन्तुलित हुने, तनाव व्यवस्थापन, कोलेस्ट्रोल नियन्त्रण, आनन्दको अनुभूति, आत्मविश्वासमा वृद्धि, अनिद्राबाट मुक्ति र शरीरमा शक्ति सञ्चार आदिजस्ता फाइदा मिल्छ । -निरन्तर जिम गरेमा धूम्रपान, मद्यपानजस्ता कुलतबाट समेत बच्न सकिन्छ । -महिलाले जिम गरेका स्लिम बन्नुका साथै छालामा चमक आउन मद्दत गर्छ ।
बीचैमा जिम छोडेमा... -जिमका विभिन्न प्रकार छन् । तिनका लागि फरक–फरक समय हुन्छ । उक्त समयसम्म नियमित जिम गर्न अनिवार्य हुन्छ । जस्तोसुकै किसिमको जिम गर्न थाले पनि यसलाई निश्चित अवधिसम्म निरन्तरता दिनुपर्छ । तर, बीचैमा छोड्दा मोटोपन बढ्ने, शरीरमा ब्यालेन्स नमिल्ने आदि हुन सक्छ । यदि बीचैमा छोड्नुपर्ने अवस्था आएमा प्रशिक्षकको सल्लाह लिनु आवश्यक छ । -सधैँ जिम सेन्टरमा गएर जिम गर्नुपर्दछ । अर्थात्, कोचको प्रत्यक्ष निगरानीमा मात्रै जिम गर्नुपर्छ । घरमा बसेर आफैँले यसको अभ्यास गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । त्यसमा पनि युट्युबमा हेरेर नक्कल गर्दा दुर्घटना हुने सम्भावना रहन्छ । -जिम सामग्रीको ब्यालेन्स नमिल्दा शरीर बांगिने, मेरुदण्डमा समस्या आउने, मांसपेशी च्यातिने, हड्डी तथा जोर्नीमा हानि पुग्ने हुन्छ । त्यसैले घरमै बसेर जथाभावी जिम गर्ने बानी त्याग्यौँ । (उमेश खड्का नेपाल पुलिस हेल्थ क्लबका शारीरिक फिटनेस इन्स्ट्रक्टर (प्रशिक्षक) हुन् । )
तौल घटाउन मह कति उपयोगी ? जान्नुहोस् सेवन गर्ने सही तरिका
बुधबार, भदौ ३, २०८३
फिट रहन चाहनेहरूले यी खानेकुराबाट टाढा रहन सुझाव
बिहीबार, साउन २१, २०८३
तौलको भारः अब मलाई सुन्दर देखिनु होइन, स्वस्थ रहन आवश्यक छ
बुधबार, जेठ १४, २०८२
चेस्टको एक्सरसाइज कसरी गर्ने ?
मंगलबार, चैत २६, २०८१
