भीमदत्तनगर, १३ भदौ । कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने बिरामी आइरहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।
उक्त अस्पतालका सूचना अधिकृत केशव अवस्थीले यहाँ आउने बिरामीमध्ये ५० प्रतिशतमा भाइरलको प्रकोप देखिएको बताए । “दैनिक २०० बिरामी यहाँ स्वास्थ्य परीक्षणका लागि आइरहेका छन्”, उनले भने, “तीमध्ये आधाजति भाइरलका बिरामी छन् ।” साउनको पहिलो सातादेखि नै अस्पतालमा भाइरलका बिरामीको चाप बढ्दै गएको सूचना अधिकृत अवस्थीले जानकारी दिए ।
त्यसैगरी जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि भाइरलका बिरामीहरुको चाप बढेको छ । भीमदत्तनगरका बजार क्षेत्रका निजी क्लिनिकमा पनि भाइरलका बिरामीको चाप बढेको छ । शुक्लाफाँटा नगरपालिका–१ स्थित श्रीराम आधारभूत विद्यालयमा अध्यापनरत दुई शिक्षिका र एक शिक्षक बिरामी परेकाले गत बिहीबारदेखि दुई दिनका लागि स्कूल बन्द गरिएको छ ।“स्कूलमा भएजतिका सबै शिक्षक/ शिक्षिका बिरामी परेकाले दुई दिन बिदा दिने निर्णय गरिएको विद्यालय यव्यवस्थापन समितिलेसमितिका अध्यक्ष पदम कुँवरले बताए । रासस
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५

