प्रदेश नं ३ सरकारले निकै महत्वका साथ गत वर्ष ‘पाइलट प्रोजेक्ट’ को रूपमा परीक्षणस्वरुप शुरु गरेको कार्यक्रममा विभिन्न १८ विद्यालयमा सञ्चालन भइरहेको छ । प्रत्येक स्थानीय तहमा एक/एक जनाको दरले १३ वटै जिल्लाका स्थानीय तहका लागि नर्स नियुक्ति गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले विज्ञापन आह्वान गरेको हो ।
यसअघि १८ जना नियुक्त भइसकेको अवस्थामा थप १०१ स्वास्थ्य परिचारिका नर्सका लागि मन्त्रालयले विज्ञापन अह्वान गरेको बताइएको छ । एक स्थानीय तह एक मात्र नभएर आगामी दिनमा मन्त्रालयले प्रत्येक सामुदायिक विद्यालयमा एक नर्स नियुक्त गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।
विद्यालयमा नियुक्तिपछि नर्सहरुले विद्यार्थीलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै विद्यार्थीलाई स्वस्थ्य जीवनशैली तथा सरसफाइलगायत स्वच्छ वातावरण निर्माणका लागि उत्प्रेरित गर्नेछन् । साथै विद्यार्थीमार्फत समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतनाको काम गराउने र बालिका, किशोरीमा देखिने विभिन्न समस्याको निगरानी गर्ने, उपचारमा सहयोग गर्ने तथा स्वास्थ्य शिक्षा प्रदान गर्ने प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका गोपाल बजगार्इँले जानकारी दिए । रासस
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ


