सरकारले उपत्यकामा चल्ने सार्वजनिक यातायातबाट फोहोर फाल्नेलाई कडा कारबाही गर्ने उद्देश्यसहित नयाँ कानुन ल्याउन लागेको छ । संसद्मा छलफलमा रहेको काठमाडांै उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सार्वजनिक यातायातका साधनबाट फोहोर फाल्नेलाई ५ हजारसम्म जरिमाना गर्न प्रस्ताव गरिएको हो । यस्तो कानुन आउनु स्वागतयोग्य हो, तर अब सरकारले सार्वजनिक यातायातबाट मात्रै होइन घरका तलातलाबाट फोहोर फालेर असभ्यता प्रदर्शन गर्नेहरूमाथि पनि कडा कारबाही गर्ने कानुन ल्याउनुपर्छ ।
काठमाडांै महानगरपालिकालगायत देशभरका अन्य महानगरपालिका, नगरपालिका र गाउँपालिकाले पनि जथाभावी फोहोर फाल्नेलाई ठाउँका ठाउँ कारबाही गर्न आवश्यक कानुन निर्माण गरी त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ ।
विशेषगरी लामो समयदेखि काठमाडांै उपत्यका फोहोरको डंगुरले ग्रसित हँुदै आइरहेको छ । काठमाडौं महानगरले विगतमा जथाभावी फोहोर फाल्नेलाई कडा कारबाही गर्ने बताउँदै आए पनि त्यसलाई व्यावहारिक रूप दिन सकेको छैन । त्यसैले, पनि काठमाडांै उपत्यकामा यत्रतत्र फोहोरको रास देखिने गरेको छ । जथाभावी फोहोर फाल्दा त्यसले जनस्वास्थ्यमा गम्भीर असर पार्छ भने सहरको शोभा पनि हराउँदै जान्छ । काठमाडांै उपत्यकालगायत देशका प्रमुख सहरमा समेत हैजा, टाइफाइड, मलेरिया, इन्सेफ्लाइटिस, ढेंगुजस्ता घातक रोगहरू फैलने क्रम पछिल्ला वर्ष बढ्न थालेको छ । जथाभावी फोहोर फाल्दा रोगको संक्रमण फैलाउने भाइरस तथा लामखुट्टे सक्रिय हुन पुग्ने र त्यसले गम्भीर खालका स्वास्थ्य समस्यासमेत सिर्जना गरिरहेको छ । त्यसैले नगरपालिकाले स्वास्थ्यसम्बन्धी अभियानलाई पनि निरन्तर रूपमा अगाडि बढाउनुपर्छ ।
गाडीबाट फोहोर फाल्ने प्रवृत्ति खतरनाक हो त्यसैले कानुन बन्नुभन्दा अघिदेखि नै गाडीबाट फोहोर फालेर सहरलाई विकृत बनाउने प्रवृत्तिका विरुद्ध सशक्त अभियान थाल्नुपर्छ । गाडी सञ्चालकले अब गाडीभित्र नै फोहोर राख्ने ससाना कन्टेनरको व्यवस्था गर्नुपर्छ ।
संसद्मा पेस गरिएको विधेयकमा सार्वजनिक यातायातका साधनमा यात्रुसँग अमर्यादित भाषा प्रयोग गर्ने चालक तथा सहचालकलाई पनि ५ हजार रुपैयाँसम्म जरिमाना गर्ने गरी प्रस्ताव गरिएको छ । अहिले धेरैजसो सार्वजनिक यातायातका साधनका सहचालाकले यात्रुलाई गर्ने व्यवहार राम्रो छैन । चालक तथा सहचालकले विभिन्न बहानामा सर्वसाधारणसँग आवश्यकभन्दा बढी रकमसमेत असुल्ने प्रयास गरिरहेका हुन्छन् । त्यसरी, यात्रुसँग बढी रकम असुल्नेमाथि पनि कडा कारबाही हुने गरी कानुनी व्यवस्था गरिनुपर्छ । हामीकहाँ ऐन नियम र कानुनको खासै कमी छैन । विगतमा पनि यस प्रकारका धेरै नियम बनाइएका हुन्, तर त्यसरी बनाइएका धेरै नियम कानुन अक्षरशः लागू हुन सकेनन् । जसका कारण जथाभावी फोहोर फाल्ने प्रवृत्ति रोकिनुको साटो बढ्दै जान थालेको हो । सबैभन्दा ठूलो विषय भनेकै व्यक्तिको
नैतिकता , इमानदारीता र राज्यप्रतिको उत्तरदायित्वको हो । सबै समस्याको समाधान राज्यले नै गरिदिनुपर्छ भनेर राज्यको मात्रै मुख ताक्नुहुँदैन । सबै नागरिकले राज्यलाई सहयोग गर्नु आफ्नो कर्तव्य पनि हो भनेर सोहीअनुसार अघि बढ्न सके भने धेरै समस्या समाधान हुन सक्छ ।
सरकारले पनि आवश्यकताअनुसार नयाँ कानुन बनाउनुका साथै भएका ऐन नियमको सशक्त कार्यान्वयन गर्दै जानुपर्छ । फोहोर फाल्नेलाई कारबाही गर्ने र यातायातका साधनभित्रै यात्रुलाई दुव्र्यवहार गर्नेमाथि कारबाही गर्ने गरी ल्याउन लागिएको विधेयकले छिट्टै कानुनी मान्यता पाउनुपर्छ र त्यसको सशक्त कार्यान्वयन गरिनुपर्छ । राजधानी दैनिक
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
