सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा डेङ्गु रोग लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका १२ का ६५ वर्षीय रामबहादुर दुनवार रहेका छन् ।
ज्वरो आएर बिरामी भएपछि उनलाई उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको थियो । धुलिखेलमा उपचार हुन नसकेपछि उनलाई उपचारको लागि काठमाडौँको भेनस अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बिहीबार दनुवारको निधन भएको वडा अध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए ।
तराई क्षेत्रमा मात्रै देखिने यस्तो रोग पहाडी जिल्लामा पनि आएपछि स्थानीय चिन्तित भएका छन् । डेङ्गु रोग लागेर यस अघि सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–१ ठोकर्पाका ३० वर्षीय टंक न्यौपाने विरामी भएका थिए । न्यौपानेको अहिले काठमाडाैँमा उपचार भइरहेको उनका आफन्त चित्र सापकोटाले जानकारी दिए ।
भिमटार क्षेत्रमा डेङ्गु रोग देखिएपछि स्वास्थ्यकर्मी सहितको टोली त्यसतर्फ लागेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् । स्थानीय सरकारको तर्फबाट पनि स्वास्थ्य टोली भिमटार पुगेको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वशंलाल तामाङले जानकारी दिए ।राजधानी दैनिकबाट
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
