जाजरकोट : जाजरकोटकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । कुशे गाउँपालिका–१, धाउनीकी २५ वर्षीया संगीताकुमारी शाही सिंहको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
स्वास्थ्यकर्मीका अनुसार भदौ १२ गते नै बच्चा जन्मिनुपर्नेमा बिहीबार बिहानसम्म नजन्मेको र विगत ३ दिनदेखि व्यथा लागेर गर्भवती जोखिममा परेपछि उनको हेलिकोप्टरबाट उद्धार गर्नुपरेको कुशे–१ का वडाअध्यक्ष गोपाल नेपालीले बताए ।
नजिकमा प्रसुति गृह नहुँदा उनी समस्या परेकी थिइन् । शुरु अवस्थामा कसैलाई नभनेको र अन्तिम अवस्थामा उनको अवस्था जटिल भएको जानकारी पाएपछि आफूहरुले पहल गरेको वडाध्यक्ष नेपालीले बताए ।
वडाध्यक्ष नेपालीले जिल्लामा आवश्यक पर्ने प्रक्रिया पूरा गर्न समन्वय गरेका थिए । नेकपाका नेता मायाप्रसाद शर्मा, कृष्ण बिसी र नरबहादुर गिरीलगायतले काठमाडौँमा पहल गरेका थिए।
महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा मगरसँग भेटी मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईमार्फत शाहीको उद्धार गर्न सफल भएको नेता शर्माले बताए । हेलिकप्टरको खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइले व्यहोरेको छ ।
आवश्यक प्रक्रिया पूरा भएपछि नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट कुशे पुगेर शाहीलाई उद्धार गरी सुर्खेत ल्याएको थियो । हेलिकोप्टर पुग्ने बित्तिकै धाउनीमै बच्चा जन्मेको थियो । अत्याधिक रक्तस्राव भएको र बच्चाको अवस्था निकै जटिल भएपछि सेनाले तत्काल हेलिकोप्टरबाट उनीहरुलाई सुर्खेतस्थित क्षेत्रीय अस्पताल लगेको थियो । तर अस्पताल पुरयाएको केही बेरमै बच्चाको मृत्यु भएको क्षेत्रीय अस्पताल सुर्खेतका डा. मदनरत्न शर्माले बताए । उनले आमाको अवस्था भने सामान्य रहेको बताए । अन्नपूर्णपोष्ट
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

