
काठमाडौं : नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले डेंगुको प्रकोप नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन्।आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद संग्रौलाले डेंगुको संक्रमणबाट जनता आक्रान्त भएको भन्दै नियन्त्रणका लागि सरकारसँग माग गरेकी हुन्।
उनले डेंगुको संक्रमणले जनता अक्रान्त हुँदासम्म सरकार प्रकोपको प्रभावकारी नियन्त्रणमा नजुटेको भन्दै आपत्ति जनाइन्। 'डेंगुले भयावह रुप लिँदा पनि सरकार नजुटेको भन्दै उनले भनिन्,' डेंगुको संक्रमण देशैभर फैलिरहँदा सरकार भने औलो नियन्त्रणको उपाय खोज्न बैठक गर्दै छ किन? आजको आवश्यकता डेंगु नियन्त्रणका लागि बैठक हुनुपर्ने हो।'
सुरुदेखि नै यसको प्रभावकारी नियन्त्रणमा सरकार लागेको भए देभैभरी यसको प्रभाव भयावह रुपमा फैलिने थिएन भन्दै उनले डेंगुको प्रकोप नियन्त्रण एवं यसबाट संक्रमितलाई छिटोछरितो उपचार प्रदान गर्न सभामुखमार्फत सरकारसँग माग गरिन्।
साउन यता विभिन्न अस्पतालमा भर्ना भएका डेंगु बिमारीको संख्या करिब ३ हजार ५ सय ८० नाघिसकेको छ भने ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। इडिसिडीको श्रोतका अनुसार श्रावणदेखि यता प्रदेश नं. १ मा ७५२, प्रदेश नं. २ २३, प्रदेश नं. ३ १३४४, गण्डकी प्रदेशमा ६७७, प्रदेश नं. ५ मा १०८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिमप्रदेशमा १२ जनामा डेंगुको संक्रमण पाइएको छ।
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
