उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने तयारी भइरहेको बताएका छन् । उनले गत वर्ष भएको प्रतिष्ठानको सिनेट बैठकले पनि विश्वविद्यालय बनाउने निर्णय गरिसकेकाले सरकारले पनि तयारी थालेको बताए ।
प्रतिष्ठानमा विगतमा विवाद आए पनि अब प्रतिष्ठानलाई राम्रो बनाउन एकापसमा समझजदारी र समन्वयको खाँचो रहेको उपप्रधानमन्त्री यादवले बताए । उनले प्रत्येक वडामा स्वास्थ्य चौकी, गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र, नगरपालिका सिटी अस्पताल, प्रदेशमा स्वास्थ्य प्रतिष्ठान धमाधम निर्माणको तयारीमा रहेको जानकारी दिए । पछिल्लो सयम देशभरी फैलिएको डेङ्गु नियन्त्रणका लागि सबै लाग्नुपर्ने भन्दै त्यसका लागि सरकारले अभियान चलाएको बताए ।
कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा डा गुरुप्रसाद खनालले प्रतिष्ठानमा लामो समयदेखि रोकिएका विभिन्न पूर्वाधार निर्माणलाई निरन्तरता दिन मन्त्रालयको ध्यानाकर्षण गराए । आजै प्रतिष्ठानको ‘अर्थोपेडिक सर्जरी युनिट’को समेत उद्घाटन गरिएको छ । प्रतिष्ठानको २६औँ वार्षिकोत्सवका अवसरमा प्रदेश १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश सभामुख प्रदीपकुमार भण्डारीलगायतले शुभकामना व्यक्त गरेका थिए । रासस
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ


