बायोमेडिकल इन्जिनियर रञ्जु गौडेल अहिले नेशनल इलेक्ट्रोटेक प्रा.लि. (नेट) मा कार्यरत हुनुहुन्छ । ‘छोरीलाई अवसर दिएमा के गर्न सक्दैनन्’ भन्ने यो एउटा ज्वलन्त उदाहरण पनि हो । सानै उमेर भएपनि रञ्जुको बायोमेडिकल इन्जिनियरिङ प्रतिको लगाव र आत्मविश्वास निकै लोभ लाग्दो छ । सौर्य इन्टरनेशनलमा प्लस टु अध्ययन गर्दा हिसानको करियर क्विजमा फस्ट रनर अफ रञ्जुले स्कलरसिपमा बायोमेडिकल इन्जिनियरिङ अध्ययन गर्ने मौका पाउनुभएको थियो । कलेज अफ बायोमेडिकल इन्जिनियरिङबाट सन् २०१५ मा बायोमेडिकल अध्ययन पूरा गर्नुभएको हो । जानौं रञ्जुको करियर उहाँको आफ्नै शव्दमा...
मलाई मेडिकल सेक्टरमा जान मन थियो । डाक्टर अध्ययन गर्ने सोच राखेको भएपनि स्कलरसिप पाएकाले बायोमेडिकल इन्जिनियरिङप्रति आफूलाई समर्पित गरेँ । नेपालमा बायोमेडिकल इमर्जिङ टपिक हो । धेरै बायोमेडिकल इन्जिनियरहरुको आवश्यकता भएको र उनीहरुको अभावमा महत्वपूर्ण मेडिकल उपकरणहरु थन्किएर बसेका समाचारहरु पढिरहेको हुन्थेँ । व्यक्तिगत अनुसन्धान गर्दा पनि स्कोप ठीक लाग्यो । यसमा इन्जिनियर र बायोमेडिकल दुवै हुने भएकाले यो विषय छनौट गरेँ । बायोमेडिकल अध्ययनपश्चात् शुरुमा केही समय तिलगंगा आँखा प्रतिष्ठानमा इन्टर्नसिप गरेँ । त्यसपछि नेशनल इलेक्ट्रोटेकमा काम शुरु गरेँ ।
नेशनल इलेक्ट्रोटकमा एप्लिकेसन र सर्भिस दुवै हेछुर्् । बहुराष्ट्रिय कम्पनि स्ट्राइकरको सर्जिकल इक्वीपमेन्टहरुको इन्जिनियरिङ सेवा प्रदान गरिरहेकी छु । यसमा सर्जिकल ल्याप्रोस्कोपिक युनिट, न्युरो ड्रिल मेसिन, न्युरो नेभिगेसन, अल्ट्रासोनिक एस्पिरेटरलगायतका अपरेशन थियटरमा धेरै प्रयोग हुने प्रविधिहरु रहेका छन् । फुजिनन इन्डोस्कोपिक उपकरणको सेवा पनि उपलब्ध गराउँदै आएकी छु । यसका साथै लेजर लगायत इसिजी, इमजी, टिमटीजस्ता उपकरणको इन्स्टलेसनदेखि एप्लिकेसन र आफ्टर सेल्स सर्भिससमेत उपलब्ध गराउँछु ।
चिकित्सकहरुले कम्प्याटेबल भएर मेसिन चलाउनुपर्छ । उनीहरु टेक्नोलोजी नजिक बस्नुपर्छ । हामीले मेसिन र टेक्नोलोजीबीचको ग्याप पूरा गर्दछौं । डाक्टर, नर्सलगायतका मेडिक पर्सनहरुलाई टेक्नोलोजीबारे जानकारी गराउने, युजर फ्रेन्ड्ली गराउने र नयाँ टेक्निकहरु कसरी प्रयोग गर्नेबारे जानकारी गराउँछौं । यसबाट बिरामीहरुलाई चाँडो, सजिलो र प्रभावकारी रुपमा केयर दिन मद्धत पुग्छ । नेशनल इलेक्ट्रो टेक प्रा.लि. मा सेवा शुरु गरेको करिब ३ वर्षको अवधिमा ७० वटा सिस्टमहरु जडान गरिसकेको छु । त्यसमा ५० वटा जति ल्याप्रोस्कोपिक सिस्टम, १२ वटा ड्रिल सिस्टम, एस्पिरेटर रहेका छन् । राजधानीबाहिर गएर धेरै इन्स्टल गरेर मेडिकल पर्सनहरुलाई प्रयोग गर्ने तरिका सिकाएर सजिलो बनाइदिएकी छु । मेडिकल टेक्नोलोजीप्रति अपग्रेड भइरहनुपर्छ । यो एकदमै इसेन्सियल पाटो हो । कलकत्ताबाट स्ट्राइकर, सिंगापुरबाट इन्डोस्कोपिकको तालिम लिएकी छु । बेलाबेलामा विदेशका बायोमेडिकल इन्जिनियरहरु नेपाल आएर पनि तालिम उपलब्ध गराउँछन् ।
बायोमेडिकल इन्जिनियरिङको क्षेत्रमा लागेका छोरीहरुका लागि पारिवारिक सपोर्टले ठूलो महत्व राख्छ । अभिभावकहरुले पढाइको महत्व बुझ्नुपर्छ । छोराछोरीलाई समान अवसर दिनुपर्छ भन्ने सोच राख्नुपर्छ । छोरीलाई आत्मनिर्भर बन्न दिनुपर्छ । मेरा अभिभावकहरु सबै चिज त्यागेर हामीलाई राम्रो शिक्षा उपलब्ध गराउन पर्वत जिल्लाबाट राजधानी आउनुभएको थियो । उहाँहरुले अरुको लागि नभई आफ्नो लागि अध्ययन गर्नुपर्ने वातावरण सृजना गरिदिनुभयो । अध्ययन गर्ने निर्णय हाम्रो हातमा छोडिदिएकाले अहिले यो क्षेत्रमा आफूलाई समर्पित गर्न सफल छु । बेलाबेलामा राजधानीबाहिर पनि गइरहनुपर्ने हुन्छ । डाक्टरहरुलाई सिकाउनुपर्ने भएकाले उनीहरुसँग बसेर काम गर्नुपर्छ । शल्यक्रियाका क्रममा रातको २—३ बजे भएपनि उनीहरुसँगै बसेर सिकाउनुपर्छ । यो स्वतन्त्रता घर परिवारबाट मिलेको छ । अन्यथा आफ्नो करियर संकुचन बनाएर बस्नुपर्दथ्यो होला ।
समान अवसर
केटा मान्छेको तुलनामा अलि गाह«ो हुन्छ । राजधानी बाहिर जाँदा मेसिन बोकेर तपाईहरु मात्र आएको ? भन्ने प्रश्न पनि गर्छन् । यसको मतलब बायोमेडिकलमा छोरीको उपस्थिति अलि कम छ भन्ने देखिन्छ । तर आफूले गाह«ो ठानेमा मात्र समस्या हुने हो । तर हामीलाई केटा मान्छेको जतिकै समान अवसर दिएको छ । कार्यालयलबाट समान व्यवहार गरिन्छ । छोरी ठानेर आफूलाई सिमित राखेर काम गर्ने सोच लिन हुँदैन ।
काममा गएको बेला डिस्करेज गरेको व्यक्तिगत अनुभव त छैन । तर तपाईं एक्लै आउनुभएको ? तपाईंले गर्न सक्नुहुन्छ ? अरु कोही आउनुभएको छ ? जस्ता प्रश्न भने सोध्ने गरिन्छ । तर काम गरिसकेपछि उनीहरु प्राउड भएको देख्दा खुशी लाग्छ । मेडिकल पर्सनहरुले पोजेटिभ फिडव्याक दिँदा काममा अझ इन्करेजमेन्ट हुन्छ । बायोमेडिकल इन्जिनियरले ४ वर्षको डिग्री कोर्ष पूरा गरेका हुन्छौं । त्यसैले बायोमेडिकल सर्भिस र एप्लिकेसन स्पेशलिष्ट सेवालाई व्यापक रुपमा अघि बढाउने सोच लिएर काम गरिरहेकी छु । यसबाट हुने लाभान्वित संख्या बढाउँछु । लामो समयदेखि थन्किएर बसेका नयाँ टेक्नोलोजी, रिसर्च र डेभलप्मेन्टका कामहरु गर्दै जाने सोच छ ।
शुरुमा टुल्सहरु चलाउन पनि गाह«ो हुन्थ्यो । हामीले आधारभूत चरणबाट नै काम शुरु गर्नुपर्छ । उपकरणहरु खोलेर बनाउने कन्फिडेन्स नेशनल इलेक्ट्रोटेकबाट पाएँ । कम्पनिले स्वतन्त्र रुपमा आत्मविश्वासका साथ काम गर्न सक्ने अवस्थामा पुर्यायो र सुनौलो भविष्यको अवसर दियो । कार्यालयबाट थप तालिम लिन र काम गर्न प्रोत्साहन भइरहन्छ । बायोमेडिकल इन्जिनियरिङको भविष्य राम्रो छ । जागिर नपाउला भन्ने छैन । आई उड लाइक टु वेलकम देम, टु दिस प्लेटफर्म, इफ यु डु द हार्ड वर्क एण्ड इफ यु बिलिभ योरसेल्फ देन यु क्यान डु इट ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यसेवा बदल्ने सपनाः वंशीराम श्रेष्ठको दृष्टिबाट सुरु भएको यात्रा
सोमबार, जेठ २६, २०८२
अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि
सोमबार, चैत २५, २०८१ट्रेन्डिङ

