चितवन, २५ भदौ । चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै अध्ययनरत नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार अस्पतालको सेवा अवरुद्ध गराउँदै तोडफोड गर्ने प्रयास गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले विगत एक सातायता विभिन्न व्यक्तिलाई तल्लो स्तरको गालि गलौज गरी आन्दोलन गर्दै आएको मल्लले बताए ।
पक्राउ परेकाको अनुसन्धान भइरहेको उनले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् । प्रकाशको सोही मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरी प्रयोगात्मक कक्षा भइरहेको छ । विद्यार्थीले कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै शुल्क घटाउन दबाबस्वरुप आन्दोलन गरिरहेका छन् ।
यता मेडिकल कलेजले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत विद्यार्थीलाई परिस्थितिको यथार्थ मूल्याङ्कन गरी बहकाउ र भड्काउमा नलागि समस्याको समाधानमा जुट्न र आन्दोलनका सबै कार्यक्रम फिर्ता गरी पठनपाठनमा लाग्न आग्रह गरेको छ । रासस
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ


