रुपन्देही, २५ भदौ । बुटवलको चौराहा अस्पतालले डेङ्गुका विरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले आजदेखि डेङ्गुको लक्षण देखिएका बिरामीको निःशुल्करुपमा स्वास्थ्य परीक्षण शुरु गरेको हो ।
अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले आर्थिक अभावका कारण कसैले पनि डेङ्गुको परिक्षण गर्न नसक्ने परिस्थिति नआओस् भन्ने उद्देश्यले निःशुल्क परीक्षण गरिएको बताए । एउटा बिरामीको डेङ्गुको परीक्षण गरेबापत लाग्ने आकस्मिक कक्षको टिकट शुल्क सहित उपचार खर्च निःशुल्क गरिएको उनको भनाइ थियो ।
उक्त अस्पतालले एक हजारसम्मको निःशुल्क परीक्षण गर्न पुग्ने गरी आवश्यक कीट व्यवस्थापन गरिसकेको जनाएको छ । अस्पतालमा ३४० ले ज्वरो परीक्षण गराएकामा ३४ जनामा डेङ्गु भेटिएको अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले जानकारी दिए । रासस
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५

