ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटी अस्पतालमा शल्यक्रिया नगरी ३७ वर्षिय महिलाकोे पाठेघरमा रहेको ट्युमर निकालिएको छ । इन्टरभेन्सनल रेडियोलोजिष्टहरुले नेपालमै पहिलो पटक पाठेघरमा भएको फाइबरलाई युटेराइन आर्टरीको इम्बोलाइजेसन गरी पाठेघरको ट्युमर निकालिएको अस्पतालले जनाएको छ । पाठेघरलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी फाइबरलाई निष्किृय पार्ने यो पद्धतिलाई युटेराइन आर्टरी इम्बोलाइजेसन भनिन्छ । उपचारमा संलग्न डा. ओम बिजु पन्तले यस किसिमको अभ्यास नेपालमा पहिलो पटक भएको र उपचार सफल भएको बताउनुभएको छ । अस्पतालका रेडियोलोजी विभाग प्रमुख डा. रामकुमार घिमिरे, इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. ओम बिजु पन्त , एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल भट्टराई र डा. हेमन्तअधिकारीको उपचारमा सहभागिता रहेको थियो । साधारणतया शल्यक्रिया गरी पाठेघर फाल्ने या ट्युमर फाल्ने गरिदै आइएको माइम्बोलाइजेसनले ट्युमरमा रक्तसञ्चार बन्द गराइ ट्युमरलाई घटाउदै लैजाने काम गर्दछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
