जनस्वास्थ्य सरोकार, भाद्र २८ गते, भक्तपुर । काठमाडौं कम्युनिटी हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर र दक्षिण बाराही समाज सुधार समितिले भक्तपुरको दधिकोटस्थित सेन्टर परिसरमा आयोजना गरेको बृहत स्वास्थ्य शिविरमा २ सय जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेर लाभ लिन सफल भएका छन् । त्यसमध्ये ५० जना महिलाको निःशुल्क प्यापस्मियर टेष्ट गरिएको थियो । बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालनमा ल्याइएको सो निःशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, महिला तथा प्रशुति रोग, हाडजोर्नी तथा नसा रोग, बाल रोग, मधुमेह र क्यान्सर परीक्षण सेवा उपलब्ध गराइएको थियो । सो अवसरमा ब्लड सुगर, ब्लड प्रेसर, महिलाहरुको पाठेघर क्यान्सर सम्बन्धि प्याम स्मियर जाँच निःशुल्क गराइएको थियो । यसैगरी ल्याब टेष्ट र भिडियो एक्सरे सेवामा १५ प्रतिशत, एक्सरेमा २५ प्रतिशत, इजिसीमा ५० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट गरिएको कार्यक्रमका संयोजक राजकुमार गौतमले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
