हेटौँडा, भदौ ३० गते । राक्सिराङ गाउँपालिकाले डेंगुको रोग लागेका विरामीलाई यातायात र खानाखर्चबापत तीनहजार रुपियाँ दिने निर्णय गरेको छ । राक्सिराङ गाउँपालिकामा डेंगुको उपचार गर्ने ठूला स्वास्थ्यसंस्था नभएकाले मनहरी, हेटौँडा तथा चितवनका अस्पतालमा जानुुपर्ने बाध्यता रहेकाले यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
गाउँपालिकाभित्रका स्थानीय नागरिकमा
साबिक राक्सिराङ, काँकडा, खैराङ र सरिखेत गाउँ विकास समितिहरु मिलेर बनेको राक्सिराङ गाउँपालिकामा साविकका गाविसतर्फ १÷१ स्वास्थ्यचौकीहरु रहेका छन् । स्वास्थ्यचौकीहरुमा चिकित्सकीय सेवा नहुने भएकाले डेंगुको संक्रमण भएको पहिचान गर्नकै लागि पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको छ । डेंगु पहिचानको बाध्यतालाई सजिलो पार्नका लागि गाउँपालिकाले हरेक स्वास्थ्यचौकीमा ३०/३० थान डेंगु परिक्षण किट पठाएको स्वास्थ्य संयोजक बिजय कापरीले बताउनुभयो । डेंगु किट पठाइएसँगै ४ वटै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएर डेंगु किट परिक्षण तरिका सिकाएर गाउँ पठाइएको कापरीले जानकारी दिनुभयो । ‘अब गाउँमै डेंगु परिक्षण हुन्छ’, स्वास्थ्य संयोजक कापरीले भन्नुभयो–‘रगत परिक्षणपछि डेंगु प्रमाणित भएमा ३ हजार रुपियाँ नगदै दिएर डेंगुका विरामीलाई उपचारका लागि मनहरी, हेटौँडा वा चितवनका अस्पतालहरुमा पठाइने छ ।’ हालसम्म राक्सिराङ गाउँपालिकाभित्र वडा नं ३ का २ जना मानिसहरुमा मात्रै डेंगु संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । यसैबीच, मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि राक्सिराङ गाउँपालिकाले एकसय थान डेंगु परिक्षण किट प्रदान गरेको छ । राक्सिराङ गाउँपालिकाका बिरामीहरु पनि स्वास्थ्य केन्द्र आउने हुँदा सुविधाका लागि किट प्रदान गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रमा हालसम्म १८ जनामा डेंगु संक्रमण भएको डा. दीपेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।यो समाचार गोरखापत्रबाट लिइएको हो ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

