जनस्वास्थ्य सरोकार, भदौ ३१ काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाले जनस्वास्थ्य सरोकार राष्ट्रिय मासिकका प्रकाशक एवं प्रधानसम्पादक पुरुषोत्तम घिमिरेलाई यस वर्षको ‘अर्बुद रोग उत्कृष्ट पत्रकारिता पदक’ प्रदान गरेको छ । संस्थाको ३७ औं बार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री झलनाथ खनालले सो पदक प्रदान गर्नुभयो । क्यान्सर रोग निवारणका लागि ‘जनस्वास्थ्य सरोकार’ राष्ट्रिय मासिक एवं www.nepalhealthnews.com को माध्यमबाट समाचारहरु संकलन एवं सम्प्रेषण गरी क्यान्सर रोग नियन्त्रणमा पुर्याएको अतुलनीय सहयोगको कदर गर्दै सो पदक प्रदान गरिएको संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (इश्वर) ले बताउनुभयो । केही दिनअघि संस्थाको केन्द्रीय कार्यसमितिको बैठकबाट यस वर्ष २०७६ मा प्रदान गरिने ‘अर्बुद रोग उत्कृष्ट पत्रकारिता पदक’ घिमिरेलाई प्रदान गरिने निर्णय भएको थियो । पदक समारोहमा प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेल, प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठ, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा, पूर्व उद्योग वाणिज्य मन्त्री महेश बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

